बारा-बाराकाे कोल्हबी नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीलाई जिम्मेवार बनाउन तिन दिने शि लिड्स मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल सम्पन्न भएको छ।
कोल्हबी नगरपालिकाका २१ जना निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल २०८० श्रावण २९ गते देखी ३१ गते सम्म मिस्टिक होटेल तराई कोल्हबीमा आयोजना गरिएको थियो । अस्ट्रेलियंन एड तथा स्विस सरकार विकास सहयोगको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डबीको सहजीकरणमा संचालन गरिएको थियो । तालिमको उदेश्य सँगै निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले सहभागीहरुलाई जानकारी गराएका थिए । मध्यवर्ती प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला जनप्रतिनिधिहरुले शि लिडस कार्यक्रमको रुपरेखा, चौथो मोडुल तालिमको पुनरावलोकन, नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्यांक संकलन आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ लगायतका विषयमा प्रशिक्षक रामाज्ञा साह र निभा सिंहबाट प्रशिक्षण दिइएको थियो। तालिमलाई प्रभावकारी बनाउनको लागि कार्यक्रम संयोजक मुनिलाल बैठाले तेश्रो दिन सम्म सक्रिय रुपमा उपस्थित भई शेषणको बिच बिचमा सहजीकरण गर्नु भएको थियो । तालिमको तेश्रो दिन कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी र उप प्रमुख लक्ष्मी कुमारी चौधरीले महिला माथी हुने बिभिन्न प्रकारका हिंसाहरुलाई नियन्त्र गर्नको निर्वाचित महिला सदस्यहरुको लागि यो तालिम एकदमै प्रभावकारी सावित हुने बताउनु भयाे । उपाध्यक्ष चाैधरीले साे अवसरमा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरी तिन दिने तालिमलाई समापन गरेका थिए ।
काेल्हवीमा तिनदिने शि लिड्स तालिम सम्पन्न
यो लेख शेयर गर्नुहोस