आदर्शकोतवालमा शि लिड्स मध्यवर्ति चारदिने प्रशिक्षण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 406
2 मि. पढ्न लाग्ने समय

बारा-बारा आर्दशकोतवाल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधीलाई जिम्मेवार बनाउन तिन दिने शि लिड्स मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल सम्पन्न भएको छ।
आर्दशकोतवाल गाउँपालिका अन्तरगत १६ जना निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल २०८० श्रावण २२ गते देखी २४ गते सम्म गाउँ पालिका कार्यलयको छेउमा रहेको पशु सेवा कार्यलयको बैठक हलमाआयोजना गरिएको थियो ।आस्ट्रेलियंन एड तथा स्विस सरकार विकास सहयोगको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डबीको सहजीकरणमा संचालन गरिएको थियो । तालिमको उदेश्य सँगै निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले सहभागीहरुलाई जानकारी गराएका थिए । मध्यवर्ती प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला जनप्रतिनिधिहरुले शि लिडस कार्यक्रमको रुपरेखा, चौथो मोडुल तालिमको पुनरावलोकन, नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ लगायतका विषयमा प्रशिक्षक रामाज्ञा साह र निभा सिंहबाट प्रशिक्षण दिइएको थियो।

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस