‘रौतहटमा पेस्तोल सहित चार पक्राउ’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

रौतहट– रौतहटको दुर्गाभगवती गाउपालिका २ भलुहियाबाट कटुवा पेस्तोल सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थनीय संजय साह सोनारले घरमा हतियार लुकाईछिपाई राखेको सुचनाको आधारमा छापामारी एक थान १२ बोरको कटुवा पेस्तोल र त्यसमा लाग्ने २ थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण चिमरियाले जानकारी दिए ।

घरमा बोरामा लुकाई राखेको पेस्तोल र गोली राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले २४ वर्षिय सोनार सहित स्थानीय २८ वर्षिय संजिव कुमार महतो, सोही गाउपालिका वडा नम्बर १ निवासी १९ वर्षिय राजेश कुमार चौधरी र गढीमाई नगरपालिका ६ धरमपुरका २४ वर्षिय दिनेश महरालाई नियन्त्रणमा लिईएको डिएसपी चिमरियाले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस