बारा– निर्वाचित वडा महिला सदस्य तथा समुदायका अन्य महिलाहरुको समस्याहरु माथी पैरवी र वकालत गर्नुका साथै राजनितिकमा अर्थपुर्ण सहभागिताको लागी गठित निर्वाचित महिला संजालको बैठक शुक्रवार कलैयामा सम्पन्न भएको छ ।
निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धी तथा विकासको लागी बजेट विनियोजन गर्न बाराका लक्षित पालिकाहरुमा पैरवी गर्ने प्रतिवद्धता निर्वाचित महिला प्रतिनिधीहरु सहभागी रहेको जिल्ला स्तरिय संजाले गरेको छ ।
कानुनी र राजनैतिक ज्ञानको कमीले महिला जनप्रतिनिधीहरुले आफ्नो अधिकारको प्रयोग गर्न कठिनाई व्योहोरीरहेकोले उनीहरुको क्षमता अभिवृद्धी गर्न तालिम, गोष्ठ, भेला सहितको कार्यक्रम गर्न पालिकाबाटै बजेट विनियोजित हुनु पर्नेमा संजालमा आवद्ध महिला जनप्रतिनिधीहरुको जोड छ ।
बाराको कलैया स्थित दास गेष्ठ हाउसमा शुक्रवार सम्पन्न संजालको नियमित बैठकले बजेट विनियोजन सहित पालिका स्तरिय बोर्डमा महिलाहरुको महिलाहरुको आवाजलाई सकारात्मक रुपमा लिई निजहरुको सम्बोधन गराउन पहल गर्ने, पालिका स्तरिय जेसी पौलेसीको लागी पैरवी गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित राजनैतिक पार्टीमा आफ्नो सहभागिता तथा सूचना प्रवाहको लागी पार्टी प्रमुखलाई पैरवी गर्ने, निर्वाचित महिला जनप्रतिनिधीहरुले पालिका स्तरिय गठित राजनैतिक पार्टी प्रमुखहरुलाई आफ्नो हक अधिकार सुरक्षित रुपमा प्रयोग गर्न ज्ञापनपत्र दिने, विकास निर्माणका प्रत्येक कृयाकलापमा महिला जनप्रतिनिधीहरुलाई जानकारी गराई सहभागिता गराउने, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिबाट महिला माथी हुन गईरहेको हिंसालाई रोक्न आमसरोकारवालाहरुसंग सकारात्मक रुपमा पहल गर्ने निर्णय समेत बैठकमा गरिएको सहभागी कोल्हवी नगरपालिका वडा नं. ६ की वडासदस्य रिता चौधरीले जानकारी दिईन ।
समाज र राजनीतिमा लैङ्गिक समानताका चुनौतिहरुलाई सम्बोधन गर्न महिला संजालहरु र राजनीतिक दलहरु बीचको संवाद र सहकार्यलाई सहज बनाउन, राजनीतिक निर्णय प्रक्रियामा महिलाको प्रतिनिधित्व र सहभागिताको महत्वबारे चेतना जगाउने, महिला अधिकार र सशक्तिकरणको प्रवद्र्धनका लागि अनुभवहरु, उत्कृष्ट अभ्यासहरु र रणनीतिहरुलाई साझा गर्नको लागि प्लेटफर्म प्रदान गर्न पहल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए ।
लैङ्गिक समानता हासिल गर्न दिगो प्रयासहरुलाई प्रवद्र्धन गर्न महिला सञ्जालहरुबीच दीर्घकालीन साझेदारी स्थापना गर्ने, इन्टरनेटको माध्यमबाट (अनलाईन वा सामाजिक संजाल) मा हुने हिंसा र द्वेषपूर्ण अभिव्यक्तिले महिलामाथि पर्ने प्रभाव बारे नियन्त्रण गर्न, महिला नेताहरुले दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई रोकथाम गर्नको निम्ति कस्तो भुमिका निर्वाह गर्न सक्छन् भनेर थाहा पाउन बैठकमा सहभागी कार्यक्रम अधिकृत साहले बताए ।
स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डवीको सहजीकरणमा संचालित शि लिडस कार्यक्रम अन्र्तगत बैठकको गरिएको उनले जानकारी दिए ।
बैठकलाई आयोजक संस्थाका प्रशिक्षकद्वय रामाज्ञा साह र निभा सिंह, कार्यक्रम अधिकृत राजु कुमार साहले सहजीकरण गरेका थिए । बाराको परवानीपुर गाउपालिका, प्रसौनी गाउपालिका, आदर्श कोतवाल गाउपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र महागढीमाई नगरपालिकाबाट निर्वाचित २४ जना महिला जनप्रतिनिधीहरु सहभागी रहेको बैठकलाई राजिव चौधरीले व्यवस्थापन गरेका थिए ।