बहुअरीमा तीन दिने शि लिड्स मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल कार्यक्रम सम्पन्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 568
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको प्रसौनी र परवानीपुुर गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरुलाई थप जिम्मेवार बनाउन तीन दिने शि लिड्स मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी र परवानीपुर गाउँपालिका अन्तरगत २४ जना निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल गण्डक बहुअरीमा सम्पन्न भएको हो ।

साउन १५ देखी १७ गते सम्म स्थानीय राम जानकी धर्मशालाको सभा हल आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा महिला जनप्रतिनिधीले सक्रिय सहभागिता जनाएका थिए ।

आस्ट्रेलियंन एड तथा स्विस सरकार विकास सहयोगको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डवीको सहजीकरणमा संचालन गरिएको थियो ।

तालिमको उदेश्य सँगै निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए।

मध्यवर्ती प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला जनप्रतिनिधिहरुले शि लिड्स कार्यक्रमको रुपरेखा, चौथो मोडुल तालिमको पुनरावलोकन, नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने संम्भावित परिणामहरुको बारेमा छलफल समेत गरिएको उनले जानकारी दिए ।

वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरुबारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक, साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ लगायतका विषयमा प्रशिक्षक रामाज्ञा साह र निभा सिंहले प्रशिक्षण दिएका थिए ।

तालिमको तेश्रो दिन परवानीपुर गाउँपालिका गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी र प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवार र उपाध्यक्ष किरण देबीले सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै समुदायमा रहेका दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु बन्द गर्नमा निर्वाचित महिला जनप्रतिनीहरुको महत्वपुर्ण भुमिका रहेको र आउने दिनमा समाज समुदायको विभिन्न समस्याहरुलाई समाधान तथा पैरबी गर्नको लागि यो तालिम निर्वाचित महिला सदस्यहरुको लागि एकदमै फलदायी सावित हुने बताएका छन ।

तालिमको समापन समारोहमा आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साह, प्रशिक्षकहरु निभा सिंह, रामाज्ञा साह लगायतकाले मन्तव्य ब्यक्त गर्दै तालिममा सिकिएको कुरा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस