पवन यादव
बारा– आफ्नै घरमा मोटरबाट पानी तान्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलमा करेन्ट लागेर बिहिवार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४ वर्षिय सर्फुदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
मोटर चलाउन लाग्दा करेन्ट लागेर गम्भिर घाईते भएका अन्सारीलाई उपचारको लागी नारायणी अस्पताल बीरगंजमा लाने क्रममा बाटैमा मृत्यु भएको डिएसपी मिश्रले बताए । मृतकको शव परिक्षणको लागी नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सिचाई गर्न होस वा खाने पानी टंकीमा भर्न मोटर चलाउनेले सावधानी नअपनाउदा करेन्ट लागेर ज्यान गुमाउने घटनामा पछिल्लो समय वृद्धी भएको प्रहरी तथ्यांकले देखाएको छ ।