परम्परागत लोहसारी पेसामा आकर्षण घटदो

पवन यादव
पवन यादव पाठक संख्या - 696
4 मि. पढ्न लाग्ने समय

बारा– फलाम तथा काठको कृषि उपकरण बनाउने जातीको परम्परागत पेसा लोहसारी हो । धार्मिक दृष्टीकोणले विशेष स्थान दिईएको धातु र काठको काम गर्ने जातिलाई नेपाल सरकारले दलितको सूचीमा राखेको छ ।

पहाडमा विश्वकर्मा र तराईमा लोहार जातीको रुपमा पहिचान बनाएका समुदायलाई अहिले परम्परागत पेसा जोगाउनै धौ धौ परीरहेको छ ।

बढदो आधुनिकीकरणले परम्परागत पेसालाई संकटमा पारेको पीडितहरुले बताएका छन । जातिय पेसाबाट परिवारको गुजारा चलाउन र नयाँ पुस्ताले परम्परागत पेसा अँगाल्न चासो नदेखाएपछि लोहारी पेसा समेत संकटमा परेको कलैया उपमहानगरपालिका वडा नं. सुराही निवासी बिरेन्द्र विश्वकर्माले बताए ।

करीब २० वर्ष अघि देखी परम्परागत पेसाबाटै परिवार पाल्दै आएका विश्वकर्माले अब यो पेसाबाट परिवार चलाउने अवस्था नदेखिएको बताए ।

‘हामी पढ्न लेख्न सकेनौं, नपढी कही जागिर पाईदैन,’ उनले भने, ‘तर हाम्रा सन्तान त अहिले पढीरहेका छन ।’ उनीहरुलाई लोहा कुटने जातिय पेसा होईन । कलम चलाएर आरामले काम गर्ने मनसायले आफ् दई जना छोराले पढाईमा बढी ध्यान दिएको उनले बताए ।

आफु बाचुन्जेल सम्म मात्र अफ्नो परिवारमा लोहारी पेसा चल्छ । छोराहरुको पालामा यो पेसा हराएर जाने उनको भनाई छ ।

‘नयाँ पुस्ताले धुवाधुलोसंगै खेलेर जातिय पेसा जिवन्त राख्ने पक्षमा छैनन,’ उनले थपे, ‘उनीहरु मेहनत गर्न चाहेका छैनन् ।’ सरकारी जागिर गरेर कलम चलाउदा जिवन सहजसंग हुने देखिएकोले उनीहरुमा जातिय पेसा मोह हराएको विश्वकर्माले बताए ।

आफुले पनि आफ्ना सन्तानहरुलाई परम्परागत पेसामा लगाउनेमा सोचमा नरहेको उनले बताए । सरकारले यो पेसालाई व्यवसायिक बनाउन उचित पहल नगर्दा यो पेसा संकटमा परेको उनको भनाई छ ।

अहिले उनी कलैया उपमहानगरपालिका वडा नं. १ मा लोहसारी पसल खोलेर फालको उपकरणहरु चुलेसी, हसिया, बन्चरो, चाकु लगायतका सामाग्री बनाउने गरेको उनले जानकारी दिए ।

दिनमा एक हजार रुपैयाँ देखी दुई हजार सम्म आम्दानी गर्दा पनि महँगीका कारण त्यो आम्दानीले बच्चा पढाउन, घर चलाउन समस्या हुने गरेको उनले बताए । प्लाष्टिकका भाडाकुडा र उद्योगबाट निर्माण गरिएको सामाग्री बजारमा सहज उपलब्ध हुने भएकोले हाम्रो पेसा नै धरापमा परेको उनले बताए ।

पहिला पहिला लगानी कम र कमाई बढी हुने गर्थ्यो तर अहिले फलाम महँगो भएको उनले जानकारी दिए । त्यती मात्र होईन आगो बाल्ने कोईलाको भाउ समेत महँगो भएकोले सोचे र लगानी अनुसार आम्दानी हुन नसकेको उनले बताए । लगानी धेरै हुन्छ तर कमाई नभएको कारण पेशा जोगाउन गाह्रो भएको उनले बताए ।

अहिले त यो पेशाबाट जेनतेन गरि नून तेल र तरकारी मात्र पुग्छ । त्यो बाहेक त फलामको उपकरण बनाएर केही गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।

यो कामबाट जीवन धान्न गाह्रो हुने भएकोले अब यो काम नगरौ भने निश्कर्षमा आफु पुगेको विश्वकर्माले बताए ।

पहिला पहिला कमाई राम्रो हुन्थ्यो र आफनो कमाईले नै केही जग्गा पनि जोडेको उनले बताए । यही पेशाबाट छोरा छोरीलाई पनि पढाइयो तर अब यो पेशा गरेर जीवन धान्न धेरै गाह्रो भएको बताए ।

श्रम अनुसार पैसा नपाएर हाम्रा सन्ततिहरु पेशा छोडदै गएको उनको भनाई छ । अब यो पेशा हामी बुढापाकाहरुले मात्र जोगाएकोको उनले स्पष्ट पारे ।

विश्वकर्मा तथा लोहारहरुको पेशा पौराणिक भएर नै यो लोप हुने अवस्थामा पुगेको कलैया १६ का जवाहिर मण्डलले जानकारी दिए । समय सापेक्ष यसमा परिवर्तिन आउन नसकेर नै पेसा समाप्त हुने अवस्थामा पुगेको मण्डलको भनाई छ ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस