महिला जनप्रतिनिधीलाई शि लिड्स मध्यवर्ती प्रशिक्षण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 530
2 मि. पढ्न लाग्ने समय

बारा– स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधीलाई थप मजबुत र जिम्मेवार बनाउन बाराको बरियारपुरमा तीन दिने शि लिड्स मध्यवर्ती प्रशिक्षण दिईएको छ ।

बाराको महागढीमाई नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीलाई थप मजबुत र जिम्मेवार बनाउन शि लिडस मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल अन्र्तगत प्रशिक्षण दिईएको हो ।

निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको मध्यवर्ती प्रशिक्षण पहिलो मोडुल २०८० श्रावण ८ देखी १० गते सम्म आयोजना गरिएको थियो ।

स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डबीको सहजीकरणमा संचालन गरिएको थियो ।

तालिमको उदेश्य सँगै निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए ।

मध्यवर्ती प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला जनप्रतिनिधीहरुले शि लिडस कार्यक्रमको रुपरेखा, चौथो मोडुल तालिमको पुनरावलोकन, नैतिकवान नेतृत्व, समस्याहरुको बिश्लेषण, तथ्याङ्कन संकलन अधावधिक तथा बिश्लेषण, दुस्प्रचार र द्वेशपुर्ण अभिव्यक्तीको परिचय लगायतका विषयमा प्रशिक्षक रामाज्ञा साह र निभा सिंहबाट प्रशिक्षण दिइएको जिल्ला कार्यक्रम अधिकृत साहले जानकारी दिए ।

तालिमलाई प्रभावकारी बनाउनको लागि कार्यक्रम संयोजक मुनिलाल बैठा ज्यूले तेश्रो दिन सम्म सक्रिय रुपमा उपस्थित भई शेषणको बिच बिचमा सहजीकरण गर्नुका साथै सहभागीहरुलाई प्रमाण पत्र बितरण गरी मन्त्बय व्यक्त गरी तिन दिने तालिमलाई बुधवार औपचारिक रुपमा समापन गरेका थिए । तालिममा निभा सिंह र रामाज्ञा साहले प्रशिक्षण दिएका थिए ।

यो लेख शेयर गर्नुहोस