‘डिक्कीमा कोचिएर पशुपंक्षी ढुवानी गर्नेलाई कानुनी कारवाही हुने’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.7k
2 मि. पढ्न लाग्ने समय

पवन यादव
पर्सा– यात्रुवाहक सवारी साधनको डिक्कीमा कोचिएर ढुवानी गर्ने खशी, बोका, बाख्रा, कुखुरा लगायतको मासु स्वास्थ्यको लागी हानीकारक हुने पशु विज्ञहरुले बताएका छन ।
यसरी कोचिएर लग्दा खशी, बाख्रँ, कुखुरालाई बढी तनाव हुन्छ । उनीहरुको शरीरमा अक्शीजनको कमी हुन्छ । जस्ले गर्दा ती पशुपंक्षीको मासुको रंगमा समेत परिवर्तन आउछ । यस्ता पशुपंक्षीलाई मासु प्रयोजनको लागी बध गर्दा त्यसको मासुको स्वादमा पनि परिवर्तन आउछ । यस्तो मासु सेवन गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको विज्ञहरुको भनाई छ ।

पशु ढुवानी मापदण्ड २०६४ को दफा २३ अनुसार यात्रुवाहक सवारी साधनमा पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थ ढुवानीमा प्रतिबन्ध लगाईएको छ । साथै पशु कल्याण निर्देशिका अनुसार पशु कल्याणको विरुद्धमा हुने यस्ता कार्यलाई निरुत्साहित गर्न पशु क्वारेन्टाईन कार्यालय बीरगंजका प्राविधिक टोली निरन्तर रुपमा प्रयासरत रहेको पशु क्वारेन्टाईन कार्यालय बीरगंज पर्साका प्रमुख डा. हरेराम यादवले बताए ।
चाडवाडको बेलामा बढी पैसा कमाउने उदेश्यले व्यपारीहरुले गाउगाउबाट खरीद गरिएको खशी, बोका यात्रुवाहक सवारी साधनको डिक्की, छतमा कोचिएर राजधानी पुर्याउने गरेको पाईएको डा.यादवले बताए ।
चाडवाडको बेलामा पुर्व–पश्चिम राजमार्गको पथलैयामा २४ सै घण्टा आहोरदोहोर गर्ने यात्रुवाहक सवारी साधनलाई सुरक्षाकर्मी सहितको प्रविधिक टोलीले चेकजाच गरी नियमानुसारको आवश्यक कारवाही समेत गर्ने गरेको उनले बताए ।
‘हामीले यसलाई नियन्त्रण गर्न प्रत्येक वर्ष चाडवाडको वेलामा कडाईका साथ यात्रुवाहक सवारी साधन पथलैयामा चेकजाच गर्छौं,’ उनले भने, ‘दोषी पाईएका सवारी साधनलाई दण्ड जरिवाना गर्छौ ।’ तै पनि यात्रुवाहक सवारी साधनमा पशुपंक्षी ढुवानी गर्ने कार्य पुर्ण रुपमा नरुकेको डा. यादवले बताए ।
यस्ता कार्यलाई पुर्ण रुपले रोक्न प्रहरी प्रशासन, बस व्यवसायी संघ र पशु क्वारेन्टाईन कार्यालयबीच समन्वय आवश्यक रहेको पशुअधिकारर्मी तथा पशु विज्ञहरुको भनाई छ ।
वध गर्न अगाडी सम्म पशुपंक्षीहरुलाई पाच स्वतन्त्रता प्रदान गर्न पशुपंक्षी विज्ञ तथा पशु कल्याणकर्मीहरुले आग्रह गरेका छन ।
उनीहरुले पशुपंक्षीलाई भोक प्यास मेटाउन पाउने, आरामदायी ढंगले जिउन पाउने, दुःख दर्द, घाईते र रोग तनावबाट बच्न पाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने, डर त्रास र तनाव मुक्त रह्न पाउने स्वतन्त्रता प्रदान गरिनु पर्नेमा जोड दिएका छन । यी मापदण्ड पुरा गरेका पशुपंक्षीको मासु स्वस्थर रहने विज्ञहरुको दाबी छ ।

यो लेख शेयर गर्नुहोस