बारा– बारामा धान रोपाई गर्ने मजदुरलाई गरेको मजदुरीबाट परिवार पाल्नै मुश्किल परीरहेको पीडितले गुनासो गरेका छन ।
कलैया उपमहानगरपालिका वडा नंं. ३ भवानीपुर स्थित खेतमा धान रोपाई गरीरहेको अवस्थामा भेटिएका महिला मजदुरले यस्तो गुनासो गरेका हुन ।
धन सम्पती र व्यवहारले स्थानीयको मन मस्तिष्क स्थापित कलैयाका मशहुर मारवाडी स्वर्गिय हरीलाल अग्रवालको पुख्र्यौली खेतमा रोपाई गरीरहेकी महिला मजदुरहरुले बढदो महँगाईलाई थेग्न सक्ने गरी पाउदै आएको ६ किलो धान वा २ सय रुपैयाँ नगद ज्यालामा वृद्धी गरी ५ सय रुपैयाँ पुर्याउनु पर्ने माग गरेका छन ।
बिहान १० बजे देखी रोपाई सुरु गरेका महिला मजदुरहरु अपरान्ह ४ बजे मात्र घर फर्किन पाउछन । यो अवधीमा करीब एक घण्टाको खाजा ब्रेक दिने चलन छ ।
खाजा ब्रेकमै बसेको बेला महिला मजदुरहरुले एकअर्काको समस्या पोख्न थाल्छन र त्यहीबाट समाधान खोज्ने र सूचना आदान प्रदान गर्ने गरिएको रोपाईमा सहभागी कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुर बस्ने मजदुर ५० वर्षिया मन्तुरा देवी रामले जानकारी दिईन ।
२० वर्ष उमेर भए देखि रोपाईमा होमिएकी मन्तुराले देशको शासन व्यवस्था, शासकिय स्वरुप फेरिए पनि यस क्षेत्रका महिला मजदुरको अवस्थामा खासै परिवर्तन नभएको उनले बताईन ।
‘हामी पहिला जस्तो थियौं आज पनि त्यस्तै छौं मजदुरको हितमा कुनै किसिमको सुविधामा सुधार गरेको देखिदैन,’ उनले भनिन, ‘मजदुरको ज्यालामा धेरथोर परिवर्तन भएपनि समस्या जस्ताको तेस्तै छ ।’ अहिले पाईरहेको पारिश्रमिकबाट बजारबाट तरकारी खरीद गर्न धौं धौं परीरहेको उनको गुनासो छ ।
एक त महिलालाई कुनै काम नै पाउदैन, पायो भने धान रोपाई, गोडमेल गर्ने सिजनमा मात्र काम पाउने गरेको उनले बताईन । अहिले पाउदै गरेको पारिश्रमिक २ सय रुपैयाँबाट तरकारी खरीद गर्न समेत समस्या भएको उनले सुनाईन ।
९ वर्षको हुदा देखि नै रोपाई गर्दै आएकी भवानीपुरकै अर्की महिला मजदुर ५५ वर्षिया मुरतिया देवी रामले अरु ठाउको महिला मजदुरलाई ६ घण्टा रोपाई गर्दा ४ सय रुपैयाँ सम्म ज्याला पाउने गरेको बताईन ।
‘हामी कहाको मजदुरको मजदुरी बढाउन कसैले पहल गरेको छैन,’ उनले भनिन, ‘एक जना मजदुरले दिनमा एक कठ्ठा खेत अनिवार्य रोप्नै पर्छ ।’ तर रोपाई गर्दा भएको महिनेत अनुसारको पारिश्रमिक पाउन नसकिएको उनले गुनासो गरिन ।
अहिलेको पारिश्रमिकले ३ वटा बच्चा र बुढाबुढी गरेर पाच जनाको परिवारको छाक पनि टर्दैन । ६० रुपैयाँ भन्दा बढीमा एक किलो चामल खरीद गर्न लाग्छ । सोनो परिवारको लागी एक छाक भात पकाउन कम्तीमा डेढ किलो चामल खर्च हुन्छ ।
यसरी बढदो महँगाईले महिलाको ज्यालाको पुरै पैसा खर्च गर्दा ३ किलो चामल मात्र आउछ । दाल, तरकारी, मसाला, ग्यास, दाउरा खरीद गर्न पैसा नै पुग्दैन । तर पनि दुःख कष्ट व्योहोरेर परिवार चलाउन वाध्य हुनु परेको उनले बताईन ।
सोही खेतमा रोपाई गराउन बसेकी महिला खेतधनी महापति देवी गिरीले मजदुरको मजदुरी मात्र होईन, किसानको दुधको मुल्य बढाई दिन सम्बन्धित निकायसंग आग्रह गरिन ।
धान खेती गर्न गरिएको लगानी समेत उठ्न धौ धौ परीरहेको बेला मजदुरको मजदुरी मात्र होईन किसानले उत्पादन गरेको धान, गहु, मुसुरो सहित गाईभेसीको दुधको मुल्य बढाउनु पर्नेमा उनको जोड छ ।
पहिलाको तुलनामा अहिलेको खेती एकदम खर्चिलो भएको र किसान मजद्र र व्यपारीको चेपुवामा परेको कलैया उपमहानगरपालिका १६ का धमेन्द्र गिरीले बताए ।
धान रोपाईको सुरु देखी पाकेको बेला सम्म लागेको खर्चलाई जोडेर हिसाब गर्दा बाराका किसानले उल्टै घाटा खाएर पनि खेती वाध्य हुनु परेको पीडित किसानको भनाई छ ।