रौतहट– वर्षेणी रौतहटमा पानीमा डुबेर ठुलो संख्यामा बालबालिका तथा युवाहरुले ज्यान गुमाउने क्रम पछिलो समय बढेको छ ।
पानीमा डुबेर ज्यान गुमाउनेहरुमा सब भन्दा बढी बालबालिकाको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, आर्थिक वर्ष २०७९/०८० को अवधीमा डुबेर १६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, र एक वर्षमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवका अनुसार विभिन्न नदी तथा पोखरीमा डुबेर पछिल्लो आर्थिक वर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
आर्थिक वर्षको अन्तिम दिन कटहरिया नगरपालिकास्थित गम्हरियाघाट लालबकैया नदीमा नुहाउन गएका एक जना विद्यार्थीको डुबेर मृत्यु भएको थियो ।
कटहरिया–५ का अशोक साह कानुको १५ वर्षीय छोरा कक्षा ९ मा अध्यनरत सोनु गुप्ताको नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित निकाय, बालबालिकाका अभिभावक, सामाजका अन्य व्यक्तीको कमी कमजोरीका कारण बालबालिकाहरुले अल्पायुमा ज्यान गुमाउनु परेको उनले प्रहरीले जनाएका छन ।