दोश्रो चरणको मोतिहारी—अमलेखगञ्ज पाइपलाइन परियोजनामा ४० प्रतिशत प्रगति, अब पाईपलाईनबाटै पेट्रोल पनि

पवन यादव
पवन यादव पाठक संख्या - 720
4 मि. पढ्न लाग्ने समय

बारा– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट अगामी एक वर्ष भित्र पेट्रोल ल्याउन आवश्यक संरचना निर्माण कार्य तिब्र रुपमा अगाडी बढेको छ ।

पाईपलाईनको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएपछि पाईपलाईनबाटै डिजेल आयात सुरु भएको लामो समय बित्रिसकेको छ ।

पहिलो चरणको परियोजनाले सफल्ता हात पारेपछि नेपाल आयल निगमले दोश्रो चरणको योजना अगाडी बढाएको हो ।

पाईपलाईनबाटै पेट्रल आयात गर्न नेपाल आयल निगम प्रादेशिक कार्यालय कार्यालय अमलेखगंजले आवश्यक भौतिक संरचना र भण्डारण ट्याङ्क निर्माण कार्य तिब्र बनाएको जनाईएको छ ।

पाईपलाईनबाट पेट्रोल भित्रियाउन प्रादेशिक डिपोमा निर्माण भईरहेको भौतिक संरचनामा अहिले सम्म ४० प्रतिशत प्रगति भएको नेपाल आलय निगम प्रादेशिक डिपो अमलेखगंजका प्रमुख विनितमणी उपाध्यायले जानकारी दिए ।

यसअघि विसं २०७६ भदौ देखि भारतको मोतिहारीबाट पाइपलाइन मार्फत अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको हो । अब सोही पाइपलाइन मार्फत पेट्रोल ल्याउन आवश्यक तयारी सुरु गरिएको उनले जानकारी दिए ।

निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल ल्याउन निगमलाई स्वीकृति दिएपछि प्रादेशिक डिपोमा भण्डारण क्षमता बढाउन थालिएको उनले जानकारी दिए ।

त्यतीमात्र होईन डिपोको भण्डारण क्षमता विस्तारसंगै डिपोमा मानवको सहयोगमा भरिदै आएको ट्याङ्करलाई अब भरिन अटोमेटिक उपकरण जडान गर्ने काम समेत भईरहेको उनले जानकारी दिए ।

भारतीय आयल निगम (आइओसी)सँगको सहमतिमा यी सबै संरचना तयार भईरहेकोे आयल निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।

डिपो प्रमुख उपाध्यायका अनुसार, ४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ । दुई ट्याङ्की मध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउन लागेको छ । ट्याङ्की निर्माण भएपछि एक पटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ ।

ट्याङ्कीमा आगो नलागोस् तथा आगो लागेपछि आगलागी नियन्त्रण गर्न ३०/३० लाख किलोलिटर पानी भण्डारण गर्ने दुई वटा ट्याङ्की निर्माण गर्ने काम भईरहेको उनले जानकारी दिए । साथै अत्याधुनिक प्रयोगशाला र २४ भ्याकरमा एकै पटक पेट्रोल लोड अनलोड गर्ने काम गर्न सकिने उनले बताए ।

नेपाल सरकारको करिव दुई अर्बको लागतमा निर्माण भइरहेको उक्त पाइपलाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको जनाईएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाटै जाँच गर्न सकिने जनाइएको छ ।

पाइपलाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फ काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम गरीरहेको कार्यालयका अधिकारीहरुले जनाएका छ ।

यसैगरी अमलेखगञ्ज स्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणको तिब्र रुपमा अगाडी बढीरहेको र सन २०२३ को अन्तिम तिर यसले मुर्त रुप लिने जनाईएको छ ।

कार्यालय हाताभित्र पश्चिम तर्फ पर्सा वन्यजन्तु आरक्षणको जग्गा अधिग्रहण गरी थप छ बिगहा क्षेत्रफलमा यी सबै संरचना निर्माण भईरहेको उनले जानकारी दिए ।

अहिले उक्त पाइपलाईबाट भारत विहारको पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल ल्याउने काम भईरहेको कार्यालयले जनाएको छ ।

मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि यही पाईपलाईनबाटै ल्याइने जनाईएको छ । ईपलाईनबाट प्रतिघण्टा तीन लाख देखि चार लाख किलोलिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने जनाइएको छ ।

पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चाप समेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास लिईएको छ ।

यो लेख शेयर गर्नुहोस