सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबीन गरिने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 371
2 मि. पढ्न लाग्ने समय

जनकपुर– एक जना चालक र पाच विदेशी पर्यटक सहित ६ जनाको ज्यान जानेगरी मंगलवार सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी ९एएस–५०० नम्बरको हेलिकोप्टर दुर्घटनाबारे सरकारले छानबीन गर्ने भएको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहमा सहभागी हुन मंगलवार जनकपुर आईपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बन्ने जानकारी दिएका हुन ।

मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो ।

मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो ।’ कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर सरकार छलफलमै रहेको उनले जानकारी दिए ।

अब छानबिन समिति बन्छ । आफु काठमाण्डौं पुगेर भोलिसम्ममा समिती गठन गर्ने उनले आश्वासन समेत दिए । नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा सरकार निरन्तर काम गरिरहेको उनले स्पष्ट पारेका थिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस