बारा– कुलत आफैमा विष हो । यसले कसैको भलो गर्दैन । तर पनि जानी जानी हामी कुलतमा फस्छौ । कुलतमा फसि सकेपछि त्यसलाई छोडन धेरै गाह्रो हुन्छ । कुलतले एक जनालाई मात्र होइन सिंगै परिवार सहित गाउ समाजलाई बर्बाद गर्दछ ।
कुलतमा फसेका मानिस कसैको हित हुन सक्दैन । त्यसैले हामीले यसबाट जोगिनु पर्दछ र अरुलाई पनि जोगाउनु पर्दछ । विशेष गरि हिजोआज बालबालिकाहरु र युवापिढी यसको शिकार हुने गरेका छन् । अभिभावकको हेलचक्रयाईले बालबालिका र युवाहरु समेत कुलतमा फसने गरेका छन् ।
हिजोआज लागू औषध प्रयोग र ओसार पसारमा युवा तथा बालबालिकाहरुको सक्रियता बढेको छ । एकातिर आधुनिक बन्ने रहरले हुने खानेहरुको बालबच्चाहरु लागू औषध प्रयोग तथा ओसार पसारमा लागेको देखिन्छ भने कतिपय साथीहरुको संगतमा परेर पनि यसको प्रभावमा परेका देखिन्छन् ।
गाउँ भन्दा शहरका बालबालिका तथा युवायुवतीहरु यसको शिकार हुने गरेका छन् । धनी परिवारका बालबच्चाहरुको बराबरी गर्न उनीहरु यस्ता कुलतमा फसेका देखिन्छन् । अर्को तिर स–साना बच्चाहरुलाई पनि स्मार्ट फोन चाहिएको छ ।
उनीहरु निमा तहमा नजादै घरमा स्मार्ट फोनका लागि बाबुआमालाई दुःख दिने गर्दछन् । जसरी पनि स्मार्ट फोन चाहियो । फोन नपाए पढन जाने साथीहरुसँग रमाउने । यस्तो बेलामा अभिभावकले पनि बालबालिकाहरुलाई सम्झाउने विगार्ने साथीहरुबाट बालबालिकाहरुलाई टाढा राख्नु पर्दछ ।
आफना छोरा छोरीहरुलाई समय नदिएको कारण उनीहरु विग्रिन्छन् । त्यसैले केही समय भएपनि कम से कम आफनो छोरा छोरीहरु स्कूल गए गएनन । उनीहरुको पढाईको अवस्था के छ ? अनुशासनको अवस्था के छ । स्कूलमा उसको बानी व्यहोरा हाउ भाउ कस्तो छ ।
यसको लागि स्कूल प्रशासनसँग समन्वय गरिराख्नु पर्दछ । स्कूलले पनि यस्ता कुरामा चनाखो बनि दिनु पर्दछ । अहिले विशेष गरि निजी विद्यालयहरुले पनि माथिका कक्षा बाहेक तल्ला कक्षामा खासै ध्यान दिएका हुँदैनन् । जसको कारण अहिलेको परिवेशमा तल्लो कक्षाको अवस्था अत्यन्तै कमजोर रहेको छ ।
चाहे जुनसुकै निजी विद्यालयको होस सबैको अवस्था त्यस्तै रहेको छ । माथिल्लो कक्षामा ध्यान दिने र तल्लो कक्षामा खासै ध्यान दिने । सामुदायिक विद्यालयहरुको अवस्था पहिला भन्दा पनि खस्किदै गएको छ । विद्यालय प्रशासनको अवस्था दयनीय छ ।
बालबालिकाहरु आउने जाने गर्दछन् विद्यालयलाई कुनै मतलब हुँदैन । उनीहरु स्कूल त आए तर किताब कापी राखेर कहाँ बेपता भए यसको लेखाजोखा विद्यालयसँग हुँदैन । जसले गर्दा विधार्थीहरु विग्रिने कुलतमा फस्ने क्रम बढेको हो ।
शिक्षकहरु पनि आउने पढाउने र जाने बाहेक अरु केही गर्दैनन । मात्र आफनो तलब पाउन सम्मको जिम्मेवारी हुन्छ । आखिरमा यो अवस्थाको जिम्मेवार को ? सामुदायिक विद्यालयहरुको प्रशासन यति कमजोर किन ?
सुविधासम्पन्न सबै थोक हुँदा हुँदै पनि शिक्षाको अवस्था खस्किदै गएको छ । मंचमा भाषण गर्नेहरु शिक्षा विकासका लागि जे पनि गर्ने भाषण गर्दछन् । तर धरातलमा त्यो कुरो कहिल्यै लागू हुन सकेन । अहिले स्कूल र अभिभावक बीचको सम्बन्ध सुमधुर देखिएको छैन ।
एकातिर गुट उपगुट राजनितिक दबाबका कारण अनपढ औठा छाप विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्छ अनि त्यो विद्यालयको अवस्था के होला त ? कहिले सम्म यो शिलशिला यसरी नै चलीरहने हो त ? युवा पुस्तालाई कुलतबाट जोगाउने निकाय सरोकारवाला व्यक्ती अविलम्ब निन्द्राबाट ब्युझ्नु पर्दछ ।