बर्दियामा विधुतिय धरापमा परी एकै परिवारका तीनको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.1k
1 मि. पढ्न लाग्ने समय

बर्दिया– वन्यजन्तुबाट खेतको बाली जोगाउन ठाकुरबाबा नगरपालिका ३ गोदानमा थापिएको विधुतिय धरापमा परी शुक्रवार राती एकै परिवारका तीन जनाको ज्यान गएको छ । विधुतिय धरापमा परी स्थानीय बालकृष्ण थारु, उनकी श्रीमति सुनिता देवी थारु र भाउजु बेलमतिया देवीको मृत्यु भएको हो ।

माछा मारेर राती घर फर्किने क्रमम उनीहरु राजबहादुर शाहीको खेतमा थापिएको विधुतिय धरापमा परेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए । घटनालगत्तै निकुञ्ज सुरक्षाका लागि खटिएका टोली घटनास्थल पुगेको उनले जानकारी दिए ।

मृतकको शव परिक्षणको लागी जिल्ला अस्पतालमा लगिएको र शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस