सिचाई अभाव र प्रचण्ड गर्मीले प्रभावित बाराका किसानलाई वर्षाले राहत शितलताको अनुभूति

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 226
2 मि. पढ्न लाग्ने समय

बारा–लामो समय देखी वर्षा नभएर प्रचण्ड गर्मी र सुख्खाको प्रभाव खेपिरहेका बाराका किसान वर्ग सहितका मानिसले बिहिवार वर्षा भएपछि राहत र शितलताको अनुभूति गरेका छन ।

वर्षा नहुदा समयमा धानको बिउ खसाल्न सकिएको थिएन । चापाकल सुक्दै गएका थिए । किसानले लगाएको उखुबाली सुक्न थालेको थियो । सिचाईमा लाखौं रुपैयाँ खर्च गरिदा पनि बाली जोगाउन धौं धौं परीरहेको थियो । तर कृत्रिम रुपमा राहत पाउन सक्ने अवस्था थिएन । उखरमाउलो गर्मीले वनस्पति, जिवजन्तु मात्र होईन सर्वसाधारणलाई पनि दैनिकी कटाउन मुश्किल परीरहेको थियो ।

प्रचण्ड घामसंगै बढेको अत्याधिक गर्मीले सास्ती खेपिरहेका बारावासीले वर्षा भएसंगै राहत महसुश गरीरहेको कलैया १ देवकोटा चोमा व्यवसाय संचालन गरेका धिरेन्द्र कुशवाहाले बताए ।

‘समयमा वर्षा नहुदा किसानलाई मात्र होईन सर्वसाधारणलाई पनि सास्ती खेप्नु परेको थियो,’ उनले भने, ‘गर्मी छल्न पंखा, एसीसंगै रुख बिरुवाको सहारा लिनु पर्ने वाध्यता थियो ।’ प्रकृतिले मार खेपेकाहरुलाई वर्षाले राखत पुर्याएको उनले बताए ।

वर्षा नहुदा पानीको लेयर घटेर बारा जिल्लाका दक्षिणी भेकका अधिकांश गाउमा चापाकल समेत सुकीसकेको छ । बारा सदरमुकाम कलैया आसपासका क्षेत्रको चापाकलमा पनि पहिलाको तुलनामा पानी घटीसकेको थियो ।

एक लोटा पानी भर्न १० पटक चपाकलको हेण्डील थिच्नु पर्ने अवस्था सृजना भएको थियो । सिचाई गर्ने बोरिङ्गबाट पनि पानी आउन छाडेको थियो । तर बिहिवार भएको वर्षाले पुनः पानीको लेयर माथी आउने विश्वास लिईएको स्थानीयको भनाई छ ।

वर्षाले बारावासीलाई चौतर्फी फाईदा पुर्याएको छ । सिचाईमा खर्च भैरहेको किसानको लाखौं रुपैयाँ वर्षाले जोगाएको स्थानीयले बताएका छन ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस