बारामा वर्षौ देखी अलपत्र परेको टेंग्रहर सिचाई आयोजना संचालन हुने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 343
4 मि. पढ्न लाग्ने समय

बारा– बरेवा दरवारका राजा दिप सिंहले सिचाईको लागी जनश्रमदानबाट संचालनमा ल्याएको अलपत्र टेंग्रहर सिचाई आयोजना दुई वर्षमा पुर्ननिर्माण गरी संचालनमा ल्याउने तयारी सुरु भएको छ ।

राजाको निधन पछि ठप्प भएको राजाको सिचाई आयोजनालाई पुनः संचालनमा ल्याई यस क्षेत्रका किसानलाई सिचाई सुविधा पुर्याउने उदेश्यले अनुगमन निरिक्षणमा निस्केका मधेश प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारले राजाको बांध पईनलाई पुनः संचालनमा ल्याउने तयारी सुरु गरेका हुन ।

दुई वर्ष भित्र राजाको बांध पईनलाई पुनः निर्माण गरी संचालनमा ल्याउने प्रतिवद्धता समेत मन्त्री कलवारले स्थानीयसंग गरेका हुन ।

सिचाई सुविधा नपाएर समस्यामा परेका सखुई, श्रीपुर, मझौलिया, बेलवाडिह लगायत गाउका किसानले मन्त्रीको आश्वसनपछि खुशी भएका छन । मन्त्री कलवारले दुई वर्ष भित्र सिचाई आयोजना पुरा गर्ने प्रतिवद्धता जनाएको स्थानीय ध्रुव यादवले बताए ।

आफु हारे पनि आफना क्षेत्रमा अलपत्र परेका खानेपानी तथा सिचाई आयोजनालाई संचालनमा ल्याई जनतालाई शुद्ध खाने पानी र किसानलाई सिचाई सुविधा उपलब्ध गराउन मन्त्रीलाई अनुगमनमा ल्यउन पहल गरेका जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले बताए ।

आफु हारेपनि जनताको मतको कदर र चुनावमा वाडेको आश्वासनलाई पुरा गर्न आफु सदैव प्रतिवद्ध रहेको उनले बताए । उक्त अवसरमा रामजानकी प्राविको कम्पाउण्ड वाल, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ स्थीत अधुरो बडहर्वा खानेपानी योजना लगायतको मन्त्री कलवारले अनुगमन निरिक्षण गरेका हुन ।

जनता समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष एवं पूर्व संघिय सांसद रामबाबु कुमार यादवको अगुवाईमा मन्त्री कलवारले अधृुरो योजनाको निरिक्षण गरेका हुन ।

ओभर हेड टेन्क निर्माण भएरपनि बजेट अभावमा लामो समय सम्म खानेपानी योजना संचालनमा आउन नसेको जितपुर सिमरा उपमहानगरपालिका १८ का पुर्व वडाध्यक्ष अर्जुन दाहाले बताए ।

संघिय सरकारले २०७२ सालमा सुरु गरेको योजनाको काम रेखदेख २०७४ पछि प्रदेशको जिम्मामा आएको थियो ।

तत्कालिन मनहर्वा गाविस भरि करि २ हजार घरधुरीमा खानेपानि पुर्याउने गरी सूरु भएको योजना लामो समय देखी अलपत्र परेको स्थानिय उपभोक्ता समितिका अध्यक्ष हुतराज ढुँगानाले मन्त्री समक्ष गुनासो गरे ।

खानेपानी योजनाको निरिक्षणमा आउनु भएक मन्त्री कलवारले योजना संचालनमा आउनेगरी बजेटको ब्यवस्था गर्ने बताए । “मन्त्रालयकै बजेट घटेर आएको छ ।

अघिल्लो बर्ष ८५ करोड सशर्त बजेट दिएको संघिय सरकारले यसबर्ष घटाएर ४४ करोड पठायो । यस्ता योजना प्रदेशभरि ३ सय ७८ वटा छन् । सबै अधुरा नै छन् । सबै योजना एकै पटक हेर्न सक्ने अवस्था त छैन । यद्यपी यसलाई प्राथमिकतामा राख्छु र चाँडै संचालनमा ल्याउने गरी बजेट ब्यवस्थापन गर्नेछु,” उनले भने ।

संघिय सरकारले सूरु गरेका खानेपानी योजना प्रदेशमा हस्तान्तरण गरेपनि बजेट नदिँदा कतिपय स्थानका कार्यक्रम केहि बर्ष देखी अलत्रप परेको भन्दै मन्त्री कलवारले यस बर्षबाट त्यस्ता योजनामा बजेट पठाईएको बताए ।

यस्तै पूर्व संघिय सांसद रामबाबु कुमार यादवले प्रदेश सरकारले जनताका काममा प्राथमिता दिनु पर्ने बताए । प्रदेश सरकार पनि जनताको स्थानिय सरकार हो । जनताका समस्या समाधानमा यो सरकारले काम गर्नु पर्ने हुन्छ । बारा जिल्लाको क्षेत्र नं.३ मा सिंचाईको ठुलो समस्या छ । सिंचाई अभावमा बालि लगाउन सक्ने अवस्था छैन ।

आधा दर्जन खानेपानी योजना अधुरा छन् । यस विषयलाई प्राथमिता दिन मन्त्री जीलाई अनुरोध गर्दछु उनले भने । अधुरो योजना निरिक्षणका लागि मन्त्री कलवार, पूर्व सांसद यादव सहित संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह, जसपा केन्द्रिय सदस्य भरत खड्का, नेकपा एसका नेता रामचन्द्र प्यासी, ध्रुव यादव लगायतको सभागिता रहेको थियो ।

 

यो लेख शेयर गर्नुहोस