वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

१४ सय ७० लिटर पाम आयल सहित दुई पक्राउ

बारा– अवैध रुपमा खरीद गरी भण्डारण गरिएको १४ सय ७० लिटर पाम आयल सहित दुई जनालाई बुधवार प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ बाट नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले अवैध रुपले भण्डारण गरिएको पाम आयल सहित हेटौडा उपमहानगरपालिका १५ भंगेरी बस्ने २४ वर्षिय सुरेन बल र जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने २७ वर्षिय मनिष उप्रेतीलाई पक्राउ गरेको हो ।

स्थानीय आले ढिडो एण्ड खाजा घर समेतमा लुकाई राखिएको अवस्थामा १४ सय ७० लिटर पाम आयल, २ सय लिटर डिजेल, तेल निकाल्न प्रयोग गरिने पाईप र सोही पसल नजिकै पार्किङ गरी राखिएको पाम आयाल बोकेको प्रदेश २–०३००१ ख ४५४२ नम्बरको टेंङकर समेत बारामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बरामदी सवारी तथा पाम आयल सहित नियन्त्रण लिईएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।