वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

१२ किलो लागु औषध गाँजा सहित एक पक्राउ

बारा– लागु औषध गाँजा ओसारपोसार गरीरहेको अवस्थामा प्रहरीले बाराको निजगढ स्थित राजमार्गबाट बुधवार १२ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत निजगढ नगरपालिका ८ तामागढीबाट लागु औषध गाँजा सहित निजगढ नगरपालिका ३ सिंगौल बस्ने ४५ वर्षिय अर्जुन कुमार तामाङलाई नियन्त्रणमा लिएको हो ।

हेटौडाबाट महोतरीको लागी छुटेको ना ७ ख ६४६० नम्बरको यात्रुवाहक बसमा यात्रारत तामाङ कालो रंगको जेब्रा झोलामा गाँजा लुकाईसंगै राखेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।

यात्रुवाहक बसलाई छाडिएको र गाजा सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखी लागु औषध मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लागु औषध ओसारपोसार र सेवनको घटनामा अत्याधिक वृद्धी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।