१८ वर्षियले चलाएको मोटरसाईकलको ठक्करबाट वृद्धाको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 207
2 मि. पढ्न लाग्ने समय

बारा– युवापनको जोशलाई सम्हाल्न नसकेका एक युवकले बुधवार बाराको कलैयामा तिब्र गतिमा कुदाएको मोटरसाईकलको ठक्करबाट ६४ वर्षिया वृद्धाको ज्यान गएको छ ।

कलैया स्थित गुप्ता पेट्रोल पम्पबाट कलैया उपमहानगरपालिका ६ पर्साटोल तर्फ तिब्र गतिमा जादै गरेको बा ८५ प ७६०९ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा दिउसो साढे १२ बजे वृद्धालाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट टाउको र हातखुट्टामा घाउ चोट लागेर गम्भिर घाईते भएकी कलैया उपमहानगरपालिका २३ बस्ने ५४ वर्षिया देवकी साहको थप उपचारको लागी काठमाण्डौं लाने क्रममा अपरान्ह साढे ४ बजे हेटौडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।

प्रादेशिक अस्पताल कलैयामा उपचार सम्भव नभएपछि घाईते वृद्धालाई एम्बुलेन्स मार्फत थप उपचारको लागी काठमाण्डौं लाने क्रममा बाटोमै स्वास प्रश्वास प्रकृया रोकिएपछि हेटौडा अस्पताल पुर्याईएको थियो ।

अस्पतालमा आउने वितिकै चिकित्सकले घाईते वृद्धालाई चेकजाच गरी मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणको लागी हेटौडा अस्पतालमै राखिएको र ठक्कदिने मोटरसाईकल प्रहरी चौकी बसपार्कले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

तिब्र गतिमा कुदाईएको मोटरसाईकल चालक कलैया उपमहानगरपालिका ६ निवासी १८ वर्षिय अफरोज मंसुरी पनि गम्भिर घाईते भएका छन ।

मंसुरीको टाउको सहित शरिरको विभिन्न भागमा गम्भिर घाउ चोट लागेको र उनको प्रहरी निगरानीमा गण्डक स्थित एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटना स्थलमा पुगेर प्रहरी टोली घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस