संघियतालाई बलियाे बनाउन हाम्राे आन्दाेलन अझै जारी छ : जसपा अध्यक्ष यादव

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 736
1 मि. पढ्न लाग्ने समय

जनकपुर–प्रेस मञ्च नेपाल मधेश प्रदेश कमिटीले जनकपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघियतालाई बलियो बनाउन आफुहरुको आन्दोलन अझै जारी रहेको बताएका छन ।

संघियता विरोधी देशीविदेशी शक्तीहरुहरु अहिले बढी सक्रिय भएको र उनीहरुबाट खतरा रहेको संघितालाई जोगाउदै संस्थात गराउन जनता समाजवादी पार्टी हरहमेशा तयार रहेको बारा २ बाट निर्वाचित संघिय सांसद समेत रहेका अध्यक्ष यादवले बताए ।

उत्पीडित, शोषित, पिछडिएको समुदायलाई अधिकार सम्पन्न बनाउन जसपा एक रती पनि पछि नहट्ने उनले बताए । आफुहरु संघियताको पक्षमा सदनमा पनि आवाज उठाउदै आएको उनले बताए ।

यो लेख शेयर गर्नुहोस