भूमि आयोगले बाराका भूमिहिनहरुलाई छिट्टै लालपुर्जा वितरण गर्ने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 449
2 मि. पढ्न लाग्ने समय

किरण यादव

बारा– राष्ट्रिय भूमि आयोग बाराले जिल्लाका भूमिहिनहरुलाई छिट्टै लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।

भूमी आयोग बाराको कलैया स्थित नापी कार्यालयको सभाहलमा सम्पन्न बैठकले भुमिहिनहरुलाई लालपुर्जा वितरण गर्न तयारी कार्यलाई तिब्र पारिएको बैठकमा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

आउने बैठमा यसलाई मुर्त रुप दिने तयारी गरिएको उनले बैठकपछि संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन ।

‘आउने बैठकमा यसलाई हामीले टुंग्याउने छौं,’ उनले भने, ‘यसको लागी तयारी तिब्र पारिएको छ ।’ अहिले प्रक्रिया पुरा गर्ने काम भईरहेको उनले बताए ।

रााष्ट्रिय भूमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीले भूमिहिनलाई जग्गा उपलब्ध गराउन भुमि आयोगले आफुहरुलाई अधिकार दिएपनि वनको कानुनलाई निलम्बन नगरिदा काम गर्न समस्या भईरहेको गुनासो गरे ।

बाझिएको कानुननलाई सुधार गर्न सरकारलाई आग्रह गरिएको र छिट्टै नै समस्या समाधान हुने उनले जानकारी दिए ।

भूमि आयोग बाराका अध्यक्ष उप्रेतीकै अध्यक्षतामा बसेको बैठकमा प्रजिअ सापकोटा सहित विज्ञ सदस्य केदार प्रसाद गौतम, सदस्यहरु कलावती देवी पासवान, मेहिलाल दास थारु, भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका प्रमुख सुमन चौधरी, मालपोत कार्यालय सिमराका प्रमुख मोहन प्रसाद दाहाल, नापी कार्यालय सिमराका प्रमुख प्रभु प्रसाद कोईरी, नापी कार्यालय बाराका प्रमुख क्रान्ती कुमार गुप्ता, सदस्य सचिव चन्दन प्रसाद दास, कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख बिरेन्द्र प्रसाद घिमिरे, लेखा अधिकृत सन्तोष सुवेदी, शाखा अधिकृत रमेश सुवेदी, जिल्ला समन्वय समिती बाराका अमित चौधरी लगायतको उपस्थिती थियो ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस