बारा– देशमा रहेका युवाहरु बाहिरिने क्रम अहिले पनि रोकिएको छैन् । बेरोजगारीको कारण देशका युवाहरु विदेशिने क्रम अहिलेसम्म कम हुन सकेको छैन् ।
यस्तो समयमा देशमा भएका दक्ष जनशक्तिहरुलाई समेत सरकारले संरक्षण गर्न सकेको अवस्था छैन् । यस्तो अवस्थामा देशको कुना काप्चामा रहेका दक्ष जनशक्तिहरुलाई संरक्षण गर्न सक्नु सरकारको दायित्व हो ।
तर दक्षहरुलाई सरकारले संरक्षण गर्न सकेको अवस्था छैन । देशमा जनशक्ति अभावको हल्ला मात्र गरेर केही पनि हुने अवस्था छैन ।
उनीहरुले सही ठाउँ र उचित समय नपाएर पहुँच हुन नसकेको हो ।
समयको प्रतिक्षामा उनीहरु अहिले पनि छन् । कतिपयले राम्रो काम गरेर व्यक्तिगत रुपमा पहिचान बनाउन सफल भएका छन् । तर सरकारले आफनो दायित्व पूरा गरेको अवस्था छैन । खोलानालमा पाईने घोंगीले रोजगारी सृजना गरेको छ ।
दक्ष जनशक्तिहरुलाई यसरी नै ठाउँ नदिने हो भने विस्तारै उनीहरु हतोत्साहित हुने अवस्था आउन सक्छ । यस्ता दक्षहरुको सुरक्षा र उनीहरुलाई समय सापेक्ष अवसर प्रदान गर्नु पर्ने सरकारको दायित्व हो । तर यतातिर सरकारको ध्यान गएको देखिदैन् ।
सरकारले बेलैमा यस्ता दक्ष जनशक्तिहरुको पहिचान गरी उनीहरुलाई अवसर प्रदान गर्न सक्नु पर्दछ । स्थानीय सरकारले समेत यसको संरक्षणमा खासै ध्यान दिन सकेको अवस्था छैन् ।
यस्तो परिस्थितिमा उनीहरुले समय सापेक्ष उनीहरुको पिर मर्का बुझदै उनीहरुसँग भएको दक्षताको विकासलाई सहयोग गर्नु पर्ने देखिन्छ ।
सहयोग र सदभावको कमीको कारण उनीहरुले ठाउँमा पुग्न सकेका छैनन् ।
नेपाल तथा भरतका विपन्न महला तथा बालबालिकाहरु घोंगीलाई नै रोजगारीको माध्यम बनाएका छन । उनीहरु घोंगी खोलानालाबाट संकलन गरेर आफै रोजगारीको माध्यम बनाएका हुन ।
उनीहरुसँग भएको सीपको सदुपयोग गर्दै अगाडी बढाउनु तीनै तहको सरकारको दायित्व पनि हो । तर यतातिर तीनै तहको सरकारको आँखा पुग्न सकेको अवस्था देखिदैन ।
यसरी आफूसँग भएको दक्ष जनशक्तिहरुलाई नत संरक्षण गर्न सकेको छ नत अवसर नै प्रदान गर्न सकेको छ । स्थानीय तहका नेताहरुलाई आफनो पालिकामा भएको दक्ष जनशक्तिहरुको बारेमा थाहा हुँदा हुँदै पनि उनीहरुलाई अवसर प्रदान गर्न सकेका छैनन् ।
यसमा संघीय सरकार मात्र होइन प्रदेश र स्थानीय सरकार समेत त्यतिकै दोषी रहेका छन् । समयको माँगलाई ध्यानमा राखी स्थानीय सरकारले ध्यन नदिदा स्थानीय युवा तथा महिलाहरु बेरोजगार भएको अवस्था छ ।
पछिल्लो समय स्थानीय खोलामा पाईने घोंगी, अईठा, केकडा विपन्न वर्गको लागी रोजगारीको माध्यम बनेको छ । स्थानीय खोलामा पाईने प्राकृतिक सम्पदालाई मासु प्रयोजनको रुपमा उनीहरुले प्रयोग गर्न थालेका छन ।
नेपाली भन्दा भारतियहरुको लागी घोंगी रोजगारीको माध्यम बनेको छ । त्यसैले स्थानीय संम्पदाई स्थानीय सरकारले नै रोजगारीको उचित माध्यम बनाउनु पर्दछ । चरम विन्दुमा पुगेको बेरोजगरी समस्यालाई छिटै समाधान गर्नु पर्दछ ।