बारामा उपमेयरकै अगाडी स्टेजमा महिला हिंसा

पवन यादव
पवन यादव पाठक संख्या - 480
2 मि. पढ्न लाग्ने समय

बारा– नयाँ संविधान अनुसार देश तीन तहका सरकारद्वारा संचालित छ । संघ, प्रदेश र स्थानीय तहमा तीन प्रकारको सरकार छन । तीन वटै सरकार मध्ये स्थानीय सरकारलाई संघिय संरचनामा धेरै शक्तिशाली बनाईएको छ ।

स्थानीय तहको संरचनामा उपमेयरलाई न्याय सम्पादनको जिम्मेवारी प्रदान गरिएको छ । न्यायीक समितीको संयोजक समेत रहेकी उपमेयरकै आँखा अगाडी शुक्ररवार महिला हिंसा भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नं. ६ बबुआईनमा अयोजित शिक्षा, बालविवाह, दाईजो प्रथा तथा महिला हिंसा सम्बन्धी सचेतनामुलक स्टेज नाटकमा उपमेयरकै आँखा अगाडी महिला हिंसा भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी उपमेयर तारा देवी कानु स्टेजमै कर्सीमा विराजमान थिईन । त्यही स्टेजमा दाईजो विरुद्ध मञ्चनमा गरिएको नाटकका कलाकारले दाईजो नल्याएको निहुमा बुहारीलाई निर्घात कुटपिट गरीरहेको देखेर स्टेजमा उपस्थित अतिथी तथा दर्शक दिर्घा स्तब्ध बनेका थिए ।

सासुले कसरी बुहारी माथी आ आफ्नो घरमा यातना, कष्ट दिन्छन त्यसको उजागर न्यायिक समितीकी संयोजककै आँखा अगाडी कलाकारले उजागर गरेका थिए ।

गरीबी र दहेजको बोझले थिचिएका तराईका अभिभावकले कसरी छोरीलाई कलिलैमा बालविवाहको आगोमा झोईसिदिन्छन त्यसको व्याख्या नाटमा गरिएको थियो ।

पहिर समेत मिलाएका कलाकारले गरेको अभिनयबाट दर्शकदिर्घा खुशीले गदगद भएका थिए । उनीहरुले नाटक मञ्चन गर्ने कलाकारको सराहना समेत गरेका थिए ।

मधेश प्रदेशमा बढदै गरेको दाईजो प्रथा, महिला हिंसा, बालविवाहको घटना रोक्न अभिभावकलाई सचेत पार्ने उदेश्यले महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा स्टेज नाटकको आयोजना गरिएको आयोजक गढीमाई नाट्य कलाकेन्द्र बबुआईनका कलाकार रामलोचन प्रसाद बरैले जानकारी दिए ।

स्टेज नाटकमा केटीको बुआको रुपमा उनी अभियन यसमेत गरेका थिए । उनीसंगै नाटकमा चन्द्र प्रसाद बरै, धर्मेन्द्र कुमार चौरसिया, अनिल कुमार चौरसिया, चन्दु प्रसाद चौरसिया, प्रमोद चौरसिया, मुकेश यादव, अनोज चौरसिया, अमन चौरसिया, सिता देवी, बेचनी हजामिन, मोनिका कुमारी पटेलले अभिनय गरेका थिए ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गेना राउत अहिरको अध्यक्षतामा भएको स्टेज नाटकमा महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामविश्वास प्रसाद चौरसिया, महागढीमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामजनम प्रसाद यादव, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्र कलैयाकी प्रतिनिधी प्रहरी सहायक निरिक्षक रागिनी यादव लगायतको सक्रिय उपस्थिती थियो ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस