देवतालमा वन समृद्धी अभिमुखीकरण सम्पन्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 195
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको देवताल गाउपालिकामा समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्र्तगत एक दिने अभिमुखीकरण बुधवार सम्पन्न भएको छ ।

वन संरक्षणमा जनप्रतिनिधीलाई जिम्मेवार र जवाफदेही बनाउने उदेश्यले देवताल गाउपालिकाको आयोजनामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

देवताल गाउपालिकाका अध्यक्ष उदय प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा देवताल गाउपालिकाका निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकार र विश्व बैंकको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा समृद्धिका लागी वन परियोजना कार्यक्रमका फोकल पर्सन राजिव कुमार यादव र वन प्राविधिक प्रमिला चौधरीले सहजीकरण गरेका थिए ।

पाच वर्षको लागी सुरु भएको परियोजनाको पहिलो चरणमा कार्यक्रमको परिचय, उदेश्य, त्यसको महत्व लगायतको बारेमा जनप्रतिनिधीलाई जानकारी गराईएको आयोजक पालिकाले जनाएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्लामा समृद्धिका लागि वन परियोजना कार्यक्रम संचालन भएको जनाईएको छ । उक्त कार्यक्रम बाराको पचरौता नगरपालिका, सुवर्ण गाउपालिका र देवताल गाउपालिकामा लागु भएको जनाईएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस