बारा-निजगढ नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीलाई जिम्मेवार बनाउन चार दिने प्रारम्भिक प्रशिक्षण चौथौ मोडुल तालिम सम्पन्न भएको छ।
निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको प्रारम्भिक प्रशिक्षण चौथौ मोडयुल २०८० बैशाख ९ गते देखी १२ गते सम्म आयोजना गरिएको थियो ।
स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा र माण्डबीको सहजीकरणमा होटेल हेभेन निजगढमा संचालन गरिएको थियो । तालिमको उदेश्य सँगै निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजु कुमार साहले सहभागीहरुलाई जानकारी गराएका थिए ।
चौथो मोडुल प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाहरुले महिला जनप्रतिनिधिहरुलाई शि लिडस कार्यक्रमको रुपरेखा, तेश्रो मोडुल तालिमको पुनरावलोकन, व्यक्तिगत उत्थनशिलताको विकास कसरी गर्ने,स्थानीय सरकारको योजना तर्जुमा ,कार्यान्वयन र अनुगमन कसरी गर्ने,स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया ,वार्ता ,शक्तिको परिचय र शक्तिको मान तथा पैरवीको परिचय लगायतका विषयमा प्रशिक्षक रामाज्ञा साह र निभा सिंहबाट प्रशिक्षण दिइएको जिल्ला कार्यक्रम अधिकृत साहले जानकारी दिए। तालिमलाई अझ प्रभावकारी बनाउनको लागि कार्यक्रम संयोजक मुनिलाल बैठा ज्यूले तालिमको दोश्रो दिन देखी चौथो दिन सम्म सक्रिय रुपमा उपस्थित भई शेषणको बिच बिचमा सहजीकरण गरेका थिए । सहभागीहरुलाई निजगढ नगरपालिकाका उपमेयर सोम माया थिङ्गले प्रमाणपत्र बितरण गरी आउने दिनमा यस कार्यक्रमको साथै निर्वाचित महिला प्रतिनिधीहरुलाई थप सशतm बनाउनको लागि आउने बर्षको योजनामा बजेट विनियोजित गर्ने मन्त्ब्य राखी औपचारिक रुपमा ४ दिने तालिमलाई समापन गर्नु भएको थियो ।