बारा– निर्वाचन आयोगमा दर्ता नं. १५० रहेको जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नं. २ मा चुनाव जित्न ब्यालेलट पेपरको नमुना नै परिवर्तन गरेको छ ।
जनप्रभूता, लोकतन्त्र, सामाजिक न्याय र समाजवाद सब शिर्षक भएको नारा तथा जनतमत पार्टीका अध्यक्ष सिके राउत र टिकट नदिएको विषयमा असन्तुष्टी जनाउदै माओवादी केन्द्र परित्याग गरी जनमतको टिकटमा प्रतिनिधी सभा सदस्य उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाको दुबै छेउमा फोटो राखेर नमुना मतपत्र तयार गरिएको छ ।
मतदाता शिक्षा दिन जनमतले छापेको नमुना मतपत्रमा गम्भिर त्रुटी देखिएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।
फेसबुक सहितको सामाजिक संजालमा छ्प्पछेयाप्ती पोष्ट भएको जनमतको नमुना मतपत्रमा सुर्य, रुख, हसियाहतौडा, छाता, घण्टी, मोबाईल लगायत उम्मेदवारको चिन्ह समावेश गरिएको नदेखिएको उनले बताए ।
‘मतदातालाई सचेत पार्न निर्वाचन आयोगको नमुना मतपत्र प्रयोग हुनु पर्छ,’ उनले भने, ‘निर्वाचन आयोगको मतपत्रलाई फरक पर्ने नमुना मतपत्र चुनावमा प्रयोग गर्न मिल्दैन ।’ तर उम्मेदवार वा दल यस्तो नमुना पत्र प्रयोग गर्ने उम्मेदवारलाई कानुनी कारवाही हुने अवस्था आउने उनको भनाई थियो ।
फर्जी मतपत्र छाप्ने प्रेस र छपाउने व्यक्ती वा दललाई कानुनी कारवाही हुने नागरिक अगुवा दासको भनाई छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैयाले दलहरुले आम मतदातालाई भ्रममा पार्ने गरेको कार्यलाई नियाल्ने काम गर्न नसकेको उनको आरोप थियो ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीलाई यस सम्बन्धमा प्रतिक्रिया लिन पटक पटक फोन सम्पर्क गर्दा पनि फोन हुन सकेन ।
यसैगरी बारा निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते हुन लागेको उप निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।