उपेन्द्र यादवको जित नै लोकतन्त्रको जित हो : गठबन्धन दलका शिर्ष नेताहरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 297
3 मि. पढ्न लाग्ने समय

बारा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जित नै लोकतन्त्रको जित भएको पाच दलिय गठबन्धनका शिर्ष नेताहरुले बताएका छन ।

पाच दलिय गठबन्धनद्वारा बिहिवार बाराको बरियारपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै पाच दलिय गठबन्धनका शिर्ष नेताहरुले गठबन्धनलाई बलियो बनाउन उपेन्द्र यादवलाई भारी मतले विजयी गराउन बारा २ का मतदातालाई आग्रह गरे ।

उपेन्द्रको जितसंगै बारा–२ मा विकासको खोलो बग्ने विश्वास समेत शिर्ष नेताहरुले दिलाए । उनीहरुले गढीमाई विकास कोष स्थापना गरी गढीमाई मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोनाले सुकाएको कवहीगोठ छोटी भन्सारलाई संचालनमा ल्याउन आफुले पहल गर्ने प्रतिवद्धता समोत जनाए ।

दोस्रो अन्र्तराष्ट्रिय विमान स्थलको चाडै नै शिलान्याश हुने जानकारी समेत उनले दिए । बाराको विकासको लागी गठबन्धनको सरकार प्रतिवद्ध रहेको उनले बताए ।

उक्त अवसरमा पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलका साझा उम्मेदवार उपेन्द्र यादवलाई भारी मतले विजयी गराउन बारा २ कातदालाई आग्रह गरे ।

सोही अवसरमा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले नै उपेन्द्र यादवको जित सुनिश्चित भईसकेको संकेत आफुले पाएको बताए । बारा २ का मतदाताको अपार माया पाईरहेका उपेन्द्र भारी मतले विजयी हुने संकेत जनसभाले देखाईसकेको उनको भनाई थियो ।

उक्त अवसरमा बोल्दै साझा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले आफुले बारा २ वासीको माया पाईरहेको र आफ्नो जित सुनिश्चित भईसकेको बताए ।

सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडी परेको बारा २ को विकास नै मेरो पहिलो प्राथमिकता हुने उनले बताए । सिमा देखी राजमार्गसम्म चारलेनको सडक, भन्सारको स्तरोन्नती, अन्तराष्ट्रिय विमान स्थल लगायतको काम अगाडी बढाउने जिम्मेवारी आफ्नो हुने उनले बताए ।
बारा २ को विसको लागी आफु प्रतिवद्ध रहेको र यसको परिणाम छिटै देखा पर्ने आश्वासन समेत उनले दिए ।

उक्त अवसरमा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता एवम पुर्व मन्त्री जितेन्द्र सोनलले उपेन्द्र यादवको जित नै मधेशको जित हुने बताए । गठबन्धको सझा उम्मेदवार यादवलाई जिताउन छाता छापमा मोहर लगाउन उनले मतदातासंग आग्रह गरे ।

उक्त अवसरमा नेपाली कांग्रस बाराका सभापति राजेश राय यादव, महिला अधिकारकर्मी बबिता जयसवाल, बरियारपुरका नेता मोतिलाल कुशवाहा लगायतका वक्ताले छाता छापमै मोहर लगाउन मतदातालाई आग्रह गरेका छन ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस