सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको आरोप

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 241
3 मि. पढ्न लाग्ने समय

बारा– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित पात्र भएको आरोप लगाएका छन । जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतको चरित्र आपराधिक प्रवृत्तिको भएको र उनी देश बाहिरको शक्ति केन्द्रबाट परिचालित भएको जसपा अध्यक्ष यादवको जिकिर छ ।

बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका यादवले सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित पात्र भएकोले जसपा विरुद्ध भ्रामको खेतीलाई हथियार बनाएको आरोप लगाएका हुन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलो गरीरहेको अवस्थामा भेटिएका जसपा अध्यक्ष यादवले ‘सीके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी रहेको बताए ।

लुकाएर राखेको रहस्मय कुरा बारे खोज अनुसन्धान गर्दै जादा सिके राउतको बारेमा सबै कुरा खुल्ने दाबी यादवको रहेको छ । देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको अध्यक्ष यादवले स्मरण गराएका थिए ।

अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको उनले टिप्पणी गरेका छन । मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ ।’

राजनीतिक एजेण्ंडा बिहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलीरहेको उनमो आरोप थियो । समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ ।

बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन् ।’

बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने, ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौ ।’ मधेसका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको यादवले जिकिर गरेका छन ।

उनका अनुसार दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ । शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नै पर्नेमा उनको जोड छ । घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी, कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको सक्रिय सहभागिता रहेको थियो ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस