रौतहट– अपराधि प्रवतिका व्यक्तीलाई कानुनी दायरा ल्याउनु आफुले कुनै कसर बाकी नराख्ने चेतावनी रौतहटका नव नियुक्त प्रहरी उपरिक्षक विनोद घिमिरेले चेतावनी दिएका छन ।
जिल्लाको सिमावर्ती क्षेत्रमा बढदै गएको अवैध मदिरा कारोवारलाई नियन्त्रण गर्न कुनै कसर बाकी नराख्ने प्रहरी उपरिक्षक विनोद घिमिरे यस्तो चेतावनी दिएका हुन ।
जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मेवारी सम्हालेको दोश्रो दिन उनले पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लाो सिमावर्ती क्षेत्रमा बढेको मदिरा कारोवारले अपराधिक घटनामा बृद्धी भएको व्यापक रुपमा जनगुनासो आएको उनले बताए ।
घरेलु मदिरा बिक्री वितरण तथा ओसारपोसारलाई नियन्त्रण गर्न योजना बनाएर अघि बढने उनले उदघोष गरे ।
जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रौतहटमा बिग्रेको पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर बनाउन अथक प्रयास गर्ने बताए ।
रौतहटमा बढदै गएको सांगठनिक अपराध, दहेज प्रथा, घरेलुहिंसा, जातिय छुवाछुत जस्ता अपराधिक घटनामा निष्पक्ष भएर अनुसन्धान गर्ने आश्वासन समेत उनले दिए ।
सय अपराधी छुटुन तथा एउटा निरअपराधी नफसुन भन्ने भनाईलाई आत्मसात गर्दै काम गर्ने उदघोष उनले गरेका छन ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले पत्रकार र प्रहरीको सम्बन्ध मित्रवत र व्यवसायिक हुनु पर्नेमा जोड दिए ।
रिस र आवेगलाई त्यागेर रौतहटका प्रहरी तथा पत्रकारले ईमान्दारीता पुर्वक कार्य क्षेत्रमा होमिन उनले आग्रह गरे ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य शैलेन्द्र झा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी नारायण चिमोरिया, रौतहटका संचारकर्मी संजय मिश्र, जयप्रकाश यादव लगायतको उपस्थिती थियो ।