बारा–२ मा बैशाख १० मा हुन लागेको उपनिर्वाचनमा एक लाख बढी मतदाता सहभागी हुदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 332
8 मि. पढ्न लाग्ने समय

बारा– बारामा बैशाख १० गते हुन लागेको उप निर्वाचनमा एक लाख भन्दा बढी मतदाता सहभागिता जनाउने भएका छन । बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि क्षेत्र खाली भएको थियो ।

खाली भएको प्रतिनिधीसभा सदस्य पदमा पुनः जनप्रतिनिधी पठाउन उप निर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएको मतदाता संख्यामा २ सय ३७ जना नयाँ मतदाता थपिएका छन ।

थपिएको मतदाता नामावली अनुसार अहिलेको उप निर्वाचनमा ५८ हजार ९ सय ३४ जना पुरुष र ४६ हजार ३ सय १४ महिला गरी एक लाख ५ हजार २ सय ४८ जना मतदाता सहभागी हुने निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।

मतदाता शिक्षाको नाममा लाखौं रुपैयाँ कागजमै खर्च हुन्छ तर आम मतदातालाई मतदाता शिक्षा दिएको पाईदैन । मतदाता शिक्षा नदिएकै कारण गत मंसिर ४ को निर्वाचनमा २ हजार ९ सय ९९ मत बदर भएको थियो ।

यसपालीको उप निर्वाचनमा पनि बारा क्षेत्र नं. २ का मतदातालाई अहिले सम्म मतदाता शिक्षा नदिईएको गुनासो सरोकारवालो गरेका छन । यसपाली पनि बदर मतको संख्या बढ्ने अनुमान गरिएको स्थानीयले बताएका छन ।

मतदान कसरी गर्ने, स्वस्तिकको चिन्ह कसरी लगाउने, मतदान गरेपनि सही ठाउँमा स्वस्तिक नलागेमा मतपत्र बदर हुने गर्छ । मतदाता शिक्षा दिन बाराक्षे नं. २ को गाउ गाउमा मतदाता शिक्षा स्वयमसेवक खटाईएको दाबी निर्वाचन कार्यालयले गरेको छ । तर गाउमा मतदाता शिक्षा दिन अहिले सम्म कोही नआएको स्थानीय मतदाताले बताएका छन ।

चुनावी सरगर्मी तातेको बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचनको लागी ८२ वटा मतदान स्थल र एक सय ३७ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

उनका अनुसार महागढीमाई नगरपालिकामा ३२ हजार १ सय ८० जना महिला पुरुषहरु मतदाता रहेका छन् । त्यसको वडा नम्बर १ बरियारपुरमा ३ हजार ५ सय ८२, सेमरामा एक हजार २ जना, वडा २ बरैयाटोलमा ९ सय ६० जना, गढीमाई टोलमा एक हजार ५२ जना, ईनर्वा टोलमा ७ सय ७३ जना, मैनी टोलमा एक हजार २ सय ५२ जना, वडा ३ गंजभवानीपुरमा एक हजार ७ सय ४३ जना, वडा ४ मल्हनीमा एक हजार एक सय ३० जना, दहियारमा एक हजार ९ सय १४ जना, वडा ५ बगडमपुरमा एक हजार ६ सय ६९ जना, कवहीजब्दीमा एक हजार ४१ जना, वडा ६ बबुआईनमा २ हजार २ सय ९ जना, पत्रहट्टीमा ३ सय ७४ जना, पत्रहट्टी प्राबिमा एक हजार २ सय ९४ जना, वडा ७ तेलकुअवामा एक हजार २ सय ७६ जना, बेनौलीमा ७ सय ५७ जना, तेलगाईमा ३ सय ४०, वडा ८ बेतौनामा एक हजार ९८ जना, ब्रह्मपुरीमा ५ सय ४७ जना, जोलगावामा ५ सय ९४ जना, धर्मपुरमा ४ सय ११ जना, वडा ९ पिप्राविर्तामा २ हजार ४ सय ६१ जना, वडा १० गंजभवानीपुर एक हजार ६ जना, गाविस भवनमा एक हजार एक सय ५८ जना र वडा ११ मधुरीजब्दीमा २ हजार ३७ जना मतदाता रहेका छन ।

यसैगरी सुर्वण गाउँपालिकामा १७ हजार ८ सय ४८ जना महिला÷पुरुष मतदाता रहेका छन् । उक्त वडा नम्बर १ आधारभुत बिद्यालयमा ८ सय ५४ जना, सोलकपुर ६ सय ९९ जना, चरमोहनामा ७ सय ९० जना, वडा २ कवहीगोठमा एक हजार ९ सय ५९ जना, दलित बिद्यालयमा ६ सय १७ जना, वडा ३ जमुनियामा २ हजार ५ सय २८ जना, वडा ४ हर्दियामा एक हजार ८ सय ९७ जना, वडा ५ औरैयामा एक हजार ५ सय ६ जना, वडा ६ मझरियामा २ हजार एक सय ६३ जना, वडा ७ देवापुरमा एक हजार ४ सय ९५ जना, सन्फुलवामा एक हजार ४ सय ५ जना, वडा ८ प्रशुरामपुरमा एक हजार ९ सय ५ जना मतदाता रहेका छन ।

यसैगरी देवताल गाउँपालिकामा १४ हजार ७ सय ९७ जना महिला÷पुरुष मतदाता रहेका छन् । त्यसको वडा नम्बर १ बडकी फुलवरियामा एक हजार ७ सय ६२ जना, वडा २ कल्याणपुरमा एक हजार ६ सय ६ जना, झिटकैयामा एक हजार ६ सय १५ जना, वडा ३ अमवामा २ हजार एक सय ९४ जना, वडा ४ पिप्राढीमा एक हजार ६ सय ३४ जना, वडा ५ दक्षिणसेडमा ९ सय २७ जना, धुरहामा ९ सय ६३ जना, वडा ६ रौवाहीमा २ हजार एक सय ३२ जना, वडा ७ रमपूर्वामा ६ सय ६८ जना, वडा कार्यालयमा एक हजार २ सय ९६ जना मतदाता रहेका छन ।

यसैगरी करैयामाई गाउँपालिकामा १८ हजार ९ सय ५५ जना महिला÷पुरुष मतदाता रहेका छन् । उक्त पालिकाको वडा नम्बर १ हरैयामा एक हजार ९ सय २९ जना, वडा नं. २ करैयामा एक हजार एक सय ९० जना, ३ गालोपट्टीमा ८ सय ५६ जना, बजनीमा ८ सय ४७ जना, वडा नं. ४ नौतनमा एक हजार ३ सय ९५ जना, वडा नं. ५ तेतरियामा २ हजार ५० जना, वडा ६ सहजौलीमा ५ सय ६४ जना, सिहोर्वामा एक हजार ३८ जना, वडा नं. ७ पिपरामा ९ सय ९७ जना, बारागढीमा ८ सय ३४ जना, उमजनमा एक हजार ३ सय १६ जना, सिसवामा ५ सय ८६ जना, वडा नं.८ नरहीमा एक हजार ६ सय ४७ जना, ईटहरमा ६ सय ९८ जना, बेलाहीमा ८ सय ५७, मधुवनमा एक हजार ५ सय ५१ जना मतदाता रहेका छन् ।

यसैगरी पचरौता नगरपालिकामा १९ हजार ३ सय ३९ जना महिला÷पुरुष मतदाता रहेका छन् । उक्त पालिकाको वडा नम्बर १ पिपरपातीमा एक हजार २ सय ९७ जना, पिपरपाती बिद्यालयमा एक हजार ९ सय १० जना, वडा २ श्रीनगरमा ८ सय ११ जना, विशुनपुरमा ८ सय ७ जना, बरगाछीमा ४ सय ६२ जना, वडा ३ को श्रीनगरमा ७ सय १४ जना, रामनगरमा ७ सय ९२ जना, वडा ४ बेल्दारीमा एक हजार ६ सय २७ जना, महिला विकास भवनमा २ सय ८७ जना, वडा ५ ठाकुर बगैचामा एक हजार ३ सय ५६ जना, पकडियामा ५ सय ८६ जना, वडा लक्ष्मीपुरमा एक हजार २ सय ९८ जना, पकडिया मठमा ७ सय ३५ जना, वडा ७ बेल्दारीमा २ हजार ४३ जना, सखुवाघाँटमा ८ सय ४९ जना, वडा ८ अमरपट्टीमा २ हजार एक सय ९३ जना र वडा ९ कुडवामा एक हजार ३ सय ३२ जना र कुडवा बिद्यालयमा एक हजार ३१ जना मतदाता संख्या रहेको छ ।

यसैगरी कोल्हवी नगरपालिकाको वडा नम्बर ८ मा २ हजार ७ सय ६६ वटा मतदाता संख्या रहेको छ । सोही पालिकाको वडा नम्बर ८ मधुवन टोलमा एक हजार ५ सय ५१ जना र सोही वडाको नयाँबस्ती बिद्यालयमा एक हजार २ सय १५ जना मतदाता रहेको जनाईएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस