बारा क्षेत्र २ मा भोली पाँच दलीय गठबन्धनको चुनावी सभा हुने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 197
1 मि. पढ्न लाग्ने समय

बारा– पाँच दलीय गठबन्धनले बैशाख १० गते बारा–२ मा हुन लागेको उप निर्वाचनलाई लक्षित गरी बाराको महागढीमाईस्थित बरियारपुरमा (बिहिवार) भोली चुनावी सभाको आयोजना गर्ने तयारी गरेको छ ।

गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको र उनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्ने उदेश्यले वैशाख ७ गते विशाल चुनावी सभा आयोजना गर्न लागिएको जनता समाजवादी पार्टीले जनाएको छ ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस