बाराको करैयामाई गाउपालिकाको सहजौलीमा देखिएका पुराना घर र त्यसको भित्तालाई विभिन्न राजनीतिक दलले चुनावी प्रचार प्रसार गर्न वोर्डको रुपमा प्रयोग गरेका छन । बढदो आधुनिकीकरणको कारण परम्परागत रुपमा प्रयोग हुदै आएको खपडा, फुस, भितको घर हराउदै गएको छ । बाराको केही गाउमा मात्र अहिले परम्परागत घर प्रयोगमा छन । बाकी अधिकांश ठाउमा अहिले पक्की घर प्रयोगमा आएको स्थानीयको भनाई छ ।