‘एमाले र जनमत विखण्डनकारी नारामा’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 994
2 मि. पढ्न लाग्ने समय

बारा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले र जनमत पार्टीले विखण्डनको नारा लगाउदै मधेशलाई टुक्रयाउने षडयन्त्र गरीरहेको आरोप लगाएका छन ।

बैशाख १० गते हुन लागेको उप निर्वाचनमा बारा क्षेत्र नं. २ बाट पाच दलिय गठबन्धनको साझा उम्मेदवार समेत रहेका यादवले दुई/दुई पटक संसद विघटन गर्ने दुबै दल लोकतन्त्रको लागी निकै घातक भएको टिप्पणी समेत गरेका छन् ।

बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै काठमाडौंलाई बसोबास योग्य बनाउने बाराबासी नै रहेको जानकारी गराउँदै अध्यक्ष यादवले बाराकै नागरिक हरिसिंह देवले काठमाडौंको सभ्यता र संस्कृति स्थापित गराएको उनले जानकारी दिए ।

मधेश जन विद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप अहिले मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनको भनाई थियो ।

प्रतिगमनकारी शक्ति विरुद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको दाबी गर्दै अध्यक्ष यादवले कुतत्वहरुले संघियता र लोकतन्त्र माथि प्रहार गरिरहेको जिकिर गरे ।

मुलुकको हित र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका साझा उम्मेदबारहरुको विजय अपरिहार्य रहेको तर्क अध्यक्ष यादवको छ । जनतामा एकता र गठबन्धन मजबुत रहेसम्म लोकतन्त्र माथि कुनै पनि प्रकारको खतरा आउन नसक्ने ठहर गर्दै उनले जात जातिकोे कुरा गरेर जनता भाड्ने भिडाउने कार्य विपक्षी दल तथा तिनका उम्मेदवारहरुले लोकतन्त्रलाई सखाप पार्न अनेक तत्वहरु सक्रिय रहेको बताए ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस