बारा– बैशाख १० गते बारा निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उप निर्वाचनमा बाजी मार्न दलका ठुला नेता देखी साना कार्यकर्ताहरु सक्रिय छन । उनीहरु आ आफ्नो दलका उम्मेदवारको पक्षमा मत माग्न अनेकौ टिगरमवाजी सुरु गरेका छन ।
सप्तरीमा उपेन्द्र यादवलाई पराजित गरी आफुलाई मधेशको मसिहा ठानेका सिके राउत अहिले आफुलाई उपनिर्वाचनमा केन्द्रित बनाएका छन । अरु जो सुकै जितोस तर उपेन्द्र यादव हार्नु पर्छ भने आशयले बारा निर्वाचन क्षेत्र नं. २ का मतदातामा सिके राउतले डलरे जाल बुनीरहेका छन ।
अन्य बेला बाराको चिन्ता नलाग्ने नेताहरुले अहिले चुनावी भाषणमा विकासको समुन्दर बारा–२ मा बगाईरहेको स्थानीयले बताएका छन । कसैले ग्यास सिलिण्डर वाड्ने, त कसैले हेमा मालिनको गाल जस्तो सडक बनाईदिने आश्वासन बाडीरहेका छन ।
कतिपयले त प्रादेशिक अस्पताल बारा २ मै ल्याई दिने सपना बाडीरहेको मतदाताहरुले बताएका छन । जसरी भएपनि गठबन्धनको उम्मेदवार यादवलाई पराजित गर्न उनीहरुले यादव बाहेकका जातीलाई आफु नजिक पार्न जातिय मोर्चाबन्दी गर्न र दलित, विपन्न र अल्पमतमा रहेका जातीका अगुवालाई ठुलठुला सपना वाडीरहेको स्थानीयको भनाई छ ।
राम्रो नारा लिएपनि विगतमा गरीबलाई बेघर बनाउने, चन्दा नदिने व्यक्तीको कान, हात काटिदिने र कतिपयलाई गोली हानेर मारेका व्यक्तीलाई उम्मेदवार बनाएका सिकेले भोट दिलाउने ठेकेदारलाई डल्लर वाडीरहेको स्थानीयको आरोप छ ।
माओवादीबाट राजनीतिमा उदाएका प्रभु साहले पनि आफ्नो भुमीगतकालमा सयौं सर्वसाधारणको हत्या गरेको भन्दै उनले खोलेको आम जनता पार्टीलाई बारा २ वासीले पत्याउन सकिरहेका छैनन् । तर पनि उनले बारामा विकासको खोलो बगाई दिने प्रतिवद्धता जनाउदै आफ्नो पार्टीका उम्मेदवार कानुन व्यवसायी अरुण कुमार ज्ञवालीलाई जिताउन मोबाईल छापमा मत हाल्न मतदातालाई रिझाईरहेका छन ।
बारा–२ लाई कहिल्यै नहेरेको एमालेका उम्मेदवार पुरुषोतम पौडेलले पनि विकासमा पछाडी परेको भन्दै आफु जितेपछि विकासको खोलो बगाईदिने चुनावी आश्वासन बाडीरहेका छन । अन्य बेला फर्केर नहेर्ने नेता पौडेललाई अहिले बारा २ वासीको लागी विकासको चिन्ता चढेको स्थानीयको भनाई छ ।
अर्का प्रतिस्पर्धी रवि लामीछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल पनि भ्रष्टाचार मेटाईदिने भन्दै उपनिर्वाचनको प्रचार प्रसारमा जुटेका छन । आफु प्रहरी हुदा अवैध असुलीमा तलिन रहेका खरेल प्रहरीबाट अवकास लिएपछि भ्रष्टाचार मेटाउने नारा बोकेर आफुलाई चोख्याउन राजनीतिमा लागेको जानकारहरुको भनाई छ ।
सबै उम्मेदवारको तगारो बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि अहिले सकसमा परेका छन । मधेश आन्दोलनसंगै राजनीतिमा उदाएका अध्यक्ष यादव आफु चुनाव जित्नकै लागी बरामा मुख्य मन्त्री र उपराष्ट्रपति पद छाडेको जानकारहरुको भनाई छ ।
बारा–२ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपतिमा अघि सारेपछि आफु जित्ने सहज देखेर उपेन्द्र उपनिर्वाचन जित्न बारा आईपुगेको जसपा नेताले बताएका छन । उच्च ओहोदामा पुर्याएपछि आफु सजलै जित्ने ठानेर बारा आईपुगेका यादवलाई पनि मतदाता रिझाउन हम्मे हम्मे परीरहेको स्थानीयले बताएका छन ।