मटिअर्वा–मानमथ अधुरो सडक अविलम्ब निर्माण गर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
3 मि. पढ्न लाग्ने समय

बारा–गाउँ गाउँ शहर शहर नयाँ नयाँ संरचनाहरु निर्माण गर्ने क्रम बढेको छ । जनसंख्याको अनुपातमा बाटोघाटोको व्यवस्था हुनै पर्छ । बाटोघाटोको व्यवस्था हुँदा केही समयको लागि समस्या देखिए पनि दीर्घकालिन रुपमा यसले हामीलाई फाइदा हुन्छ ।

बनेको बाटो समेतको व्यवस्थापन र मर्मत सम्भार हुनु पर्ने हो । तर चाहिएको जस्तो विकास हुन सकेको अवस्था देखिदैन् । गाउँ भन्दा पनि शहरी क्षेत्रमा बाटोको व्यवस्थापन हुनु पर्ने हो । तर समय सापेक्ष व्यवस्थापन हुन सकेको छैन ।

व्यवस्थापन गर्न कोशिश गरिए पनि चारैतिरबाट विरोधको सामना गर्नु पर्ने अवस्थाको विद्यमानता रहेको छ । यस्तो परिस्थितिको सृजना हुनुको तात्पर्य के त ? सबै मानिस विकासप्रेमी हुँदैनन् । कुनै पनि काम गर्दा जस र अपजस दुबैको सामना गर्नु पर्ने हुन्छ । तर अपजस हुन्छ भनेर कामै नगर्नु त भएन ।

विशेष गरि अनपढहरुलाई समाजका केही नेता भनाउँदाहरुले उनीहरुलाई उकासेर विकास विरोधी नारालाई उच्च पार्दछन् । उनीहरु अरुको भनाईमा सडकमा उफ्रने गर्दछन् । तर उनीहरुलाई थाहै हुँदैन । वास्तवमा के भएको हो यसबाट हामीलाई के फाइदा र के बेफाइदा छ ?

यसरी थाहै नपाई उनीहरु विकास विरोधी भएका हुन् । बाटो व्यवस्थापन हुन नसक्दा शहर बजार नै कुरुप हुँदै गएको छ । व्यवस्थापन गर्दा तल माथि हुन सक्छ । कसैलाई मर्का पर्न सक्छ । तर त्यसले दीर्घकालिन रुपमा हामीलाई नै फाइदा हुने भएकोले यसको व्यवस्थापनमा अडंगा लगाउनु गलत कुरो हो ।

बाटोघाटो व्यवस्थापन गर्दा त्यसलाई सहयोग गर्नुको साटो असहयोग गर्नाले व्यवस्थापनमा समस्या उत्पन्न हुने र यसलाई त्यतिकै छोडदा झन समस्या थपिने देखिन्छ । यसरी समग्रमा भन्ने हो भने २० वर्ष पछि आएको स्थानीय सरकारले समेत यसलाई व्यवस्थापन गर्नमा आनाकानी गर्दै आएका छन् ।

बाटो व्यवस्थापनको नाउँमा काखा पाखा नभएको पनि होइन । तर जनप्रतिनिधिहरुले न्यायको साथ दिनु पर्छ मुख हेरेर निर्णय गर्नाले समस्या झन विकराल हुने भएकोले त्यस्तो सोचलाई त्यागेर निषपक्ष रुपमा बाटो व्यवस्थापन तिर लागे राम्रो हुने देखिन्छ ।

सडक संजाललाई जोडनु पर्ने र यसको व्यवस्थापनको लागि सबै सँग सल्लाह हुनु पनि जरुरी हुन्छ । नबुझनेहरुलाई समेत बुझाएर यसको व्यवस्थापन तिर लाग्दा झन बेश हुने देखिन्छ । सर्वसाधारणलाई व्यवस्थापनको बारेमा बुझाउने यसको दीर्घकालिन फाइदा बारे बताए मात्र व्यवस्थापन दिगो हुने देखिन्छ ।

कसैसँग सरसल्लाह नै नगरी एकै चोटी आफू मनोपोली पनि जनप्रतिनिधिले गर्नु हुँदैन् । यसरी गर्दा जनता र जनप्रतिनिधि बीच खाडल हुने भएकोले यतातिर ध्यान दिनु पर्ने हुन्छ । त्यसैले सडकको व्यवस्थापन आश्यक छ । सडकको अवस्था त्यहाँको घनत्वको अवस्था बुझेर अगाडी बढे राम्रो हुने देखिन्छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस