जवरजस्ती करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 439
1 मि. पढ्न लाग्ने समय

जनकपुरधाम । धनुषा प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्वर ८ वस्ने २‍७ वर्षीया शम्भु महरा भन्‍ने (शम्भु रबिदास) रहेको प्रहरीले जनएको छ ।

उनलाई धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्वर १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला नगरपालिका वडा नम्वर ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस