कहिले सुध्रिन्छ मधेशको सडक ?

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
3 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– जहानिया राणा कालदेखी होस वा पंचायत काल दुबैको शासणको अनुभव संगाल्दै अहिले हामी प्रजातन्त्र हुदै संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा आईपुगेका छौं । सदिऔ देखि झैल्दै आएको सडकको अवस्थामा अहिले पनि सुधार नदेखिएको कलैया उपमहानगरपालिका १ का पप्पु यादवले बताए । सडकमा सधै रही रहने (उबडखाबड) खाल्डाखुल्डीको समस्या अहिले पनि उस्तै रहेको उनको भनाई छ ।

‘जिल्लाको उत्तरी क्षेत्रका पालिकाहरुमा सडक संजालको विकास धेरथोर भएपनि पुर्व पश्चिम राजमार्ग दक्षिणका मधेशी समुदाय बाहुल्य बवोवास रहेको मधेशका गाउ देखी शहर सम्मका सडकको अवस्थामा खासै परिवर्तन आउन सकेको देखिएन,’ उनले भने, ‘लोकतन्त्रबाट गरिएको अपेक्षा जनताले पुर्ति भएको अनुभुति गर्न सकेका छैनन् ।’ संघियताले सुनिश्चित गरेको संघिय ढाचा अनुसार अधिकार सम्पन्न दाबी गरिएको सिंहदरवारबाट प्रदान गरिदै आएको सेवासुविधाबाट पनि आम नेपाली सन्तुष्ट भएको नदेखिएको उनको भनाई छ ।

यो व्यवस्थाले गागाउमा सिंहदरवार पुर्याएको पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितका शिर्ष नेताहरुले भाषण ठोकेका थिए । तर आम नेपालीले अहिलेको स्थानीय सरकारबाट सोचे अनुसार सेवासुविधा पाउन सकेका छैनन् । पालिकाहरुले भएको बजेटबाट आफ्नो कार्य क्षेत्रभित्रको बस्तीमा धेरथोर सडक कालोपत्रे गर्न जोड दिईरहेका छन । अहिले भएको विकास पनि पुरानै मान्सिक्ताले ग्रशित नेताहरुको सोचमा सकारात्मक परिवर्तन नभएकै कारण मधेशमा विकासले फडको मार्न नसकेकोे बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासको कथन छ ।

शासन व्यवस्था फेरिएपनि शासन गर्ने शासक पुरानै छन उनीहरुको स्वाभावमा परिवर्तन आउन नसक्दा मधेशमा सोचे अनूरुपको विकास हुन नसकेको लेखकहरुको भनाई छ । संघिताबाट जिल्ला सदरमुकाममा केन्द्रित बजेटहरु पालिकाहरु मार्फत छरिएर गाउसम्म पुग्छ । विकास निर्माणका काम गर्ने शैलीमा र नेताहरुको सोचमा परिवर्तन नआएकै कारण अहिले पनि भएका विकास निर्माण (पिसी) अर्थात प्रसेन्टेजको आधारमा गरिने चलन कायमै रहेको छ । त्यही कारण ठेकेदारले कमशल सामाग्री प्रयोग गरी गुणस्तरहिन काम गर्दा पुर्वाधार टिकाउ हुदैन, कमजोर हुन्छ । कमजोर भएको पुर्वाधार छिट्टै भत्किने गर्छ ।

निर्माण भएको एक वर्ष पनि नटिक्ने, भत्किने, ठुल्ला खाडल भएको सडकमा यात्रा गर्दा वाक्कदिक्क भएका सर्वसाधारणले आक्रोश पोख्ने गर्छन । उनीहरुले जिम्मेवार जनप्रतिनिधी तथा सरकारलाई दोष लगाउदै अपशब्द प्रयोग गर्दै मनको दुव्र्यसन बाहिर ल्याउने गर्छन ।

कतिपयले समुह बनाएर सम्बन्धित निकायको ढोका ढकढकाउन पुग्छन । तर रोई कराई गर्दै पुगेका समुहलाई जनप्रतिनिधी तथा प्रशासकले झुठा आश्वासन दिन्छन । कमिशनको बोझले थिचिएका जनप्रतिनिधी तथा प्रशासकले ठेकेदारसंग आँखै मिलाउन सक्दैन्न र ठेकेदारले आफुखुशी गर्दा आम जनताले दुःख पाउने गरेका छन ।

बिगडेभत्केको त्यही सडकमा यात्रा गर्दा पनि जनप्रतिनिधीहरुको आँखाले समस्या किन देखिदैन ? पक्कै कमिशन लिए होलान भनी जस्ले पनि सजिलै अनुमान लगाउछन । जनप्रतिनिधीको मौनताले कमीशन लिएको पुष्टी गर्छ ।

यी सबै आरोपलाई चिर्न जनप्रनिधीहरु ईमान्दार बन्नै पर्छ । बढदो सवारी दुर्घटना र सवारीको चाप घटाउन सडक संजाल विस्तारका साथै गुणस्तरिय निर्माणका काम गर्नै पर्छ । हुलाकी सहितका सडकलाई अझ फराकिलो र गुणस्तरिय बनाउदा मधेको सडक सुध्रिने विश्वास आम मधेशीले लिएका छन ।

यो लेख शेयर गर्नुहोस