चुनावी अभियानमा दलहरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
3 मि. पढ्न लाग्ने समय

बारा–दलहरु वैशाख १० गते हुने चुनावी अभियानमा जुटेका छन् । तुल ब्यानरले उपनिर्वाचन हुन लागेको क्षेत्र रंगिएको छ । एकातिर चुनावी अभियानले क्षेत्रहरु तातिएको छ भने अर्को तर्फ किसानहरु मिहिनेत गरेर फलाएको अन्न भित्रयाउनमा तल्लिन देखिएका छन् ।

खेतीपातीको समय भएको कारण जुलुश तथा आमसभामा खासै स्थानीयहरुको सहभागिता देखिएको छैन । हरेक दलले आ आफनो जित हुने दावी गर्दै अगाडी बढेका छन् । यसपालीको चुनावमा पनि नयाँ भन्दा पुरानै अनुहारहरु छन् । स्थानीय भन्दा पनि बाहिरी उम्मेदवारहरुले गर्दा यसपालीको चुनाव झनै रोमाञ्चक हुने बाराली जनताहरुले आकलन गरेका छन् ।

जसपाका केन्द्रिय अध्यक्ष समेत बारा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । गठबन्धनको उम्मेदवारको रुपमा आएका यादव आफू जित्ने दावी गर्दै आएका छन् । तर बराली जनता अहिले पर्ख र हेरको निति अपनाएका छन् । खुलेर कसैको पक्ष र कसैको विपक्षमा देखिएका छैनन् । यसले आउने दिनमा आधी बेहेरी ल्याउने आशंका विज्ञहरुको रहेको छ ।

मतदाता शान्त भएर हेर्नु भनेको आउने भविष्यमा भुइचालोको संकेत जस्तै हो । जति दावी गरेपनि अबको केही समय पछि वास्तविकता बाहिर आउने विश्लेषकहरु बताउँछन् । जति गरेपनि यसपालीको चुनावमा यादवलाई जित्न पनि हम्मे हम्मे पर्ने संकेत देखिएको उनीहरुको भनाई छ ।

मतदाता पनि अहिले बाठो भएका छन् उनीहरु चाँडै कतैतिर खुलेर बोल्दैनन । तर मनमनै विचार गरेर मनमा जसलाई भोट दिनु छ तयारी गरिसकेका हुन्छन् । यो भन्दा अगाडीको निर्वाचनमा पनि अप्रयाशित नतिजा नआएको होइन । मतदाताहरु अहिले परिवर्तनको खोजीमा अगाडी बढेका छन् । उनीहरु परिवर्तन चाहन्छन् । मान्छे मात्र होइन पुराना पार्टीहरुले दोहोर्याउदै गएको गल्तीले उनीहरुको छवि जनता माझ विग्रिदै गएको छ ।

उनीहरु पुराना भन्ँदा नयाँ पार्टी नयाँ अनुहार मन पराएका छन् । पुराना पार्टीहरुले प्रलोभन मात्र दिए केही गरेनन् । वाचा व्यवहारमा कहिले लागू हुन सकेन जसले उनीहरु पनि त्यस्ता पार्टीबाट मुख मोडन थालेका छन् । भर्खर आएका र नयाँ पार्टीहरु तिर उनीहरुको आकर्षण बढदै गएको छ ।

यसको प्रत्यक्ष उदाहरण यसपाली मंसिरमा भएको संघ र प्रदेशको चुनावले देशका जनताको मनोभावको झल्को पाइसकेको छ । यिनै पुराना नेताहरुको रुढीवादी सोच र संकीर्ण विचारधाराले आजित भएर जनताहरुले नयाँ नयाँ जन्मेका पार्टीहरुलाई आफनो मत दिएर अगाडी सार्दै गएका छन् । आउने दिनमा पुराना पार्टीहरुको लागि झनै चुनौती हुने देखिएको छ ।

छिमेकी राष्ट्रहरुमा भएको परिवर्तनले यस भेगमा समेत गहिरो प्रभाव पारेको छ । छिमेकी देश विकासमा अगाडी बढदै गएको छ भने हाम्रो देश संचालन गर्नेहरुको रुढीवादी सोच र संकिर्ण विचारधाराले विकास भन्दा पनि भ्रष्टाचार मौलाउँदै गएको छ ।

शिक्षा स्वास्थ्य, बेरोजगारीको अवस्था विकराल बन्दै गएको छ । नेताहरु मोटाउँदै गएका छन् भने जनताहरु महंगी र भ्रष्टाचारको मारले आक्रान्त भएका छन् । तन्त्रहरु परिवर्तन भए अहिले देशमा गणतन्त्र आएको छ ।

तर नेताहरु उही छन् । उनीहरुले देशलाई पुरानै शैलीका हाकेका छन् जुन वर्तमान समयका मतदाताहरुले रुचाउन छाडेका छन् । यसले भोलिका दिनमा पुराना अनुहार र पार्टी फालेर नयाँ न ल्याउँला भन्न सकिन्न ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस