बारागढीमा दोश्रो हिउँदे अधिवेशन सुरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

बारा–बाराको बारागढी गाउपालिका खोपवा बाराले बुधवार कार्यालयको आफ्नै सभाहलमा दोश्रो हिउँदे गाउ सभा सुरु भएको छ ।

गाउ सभाले अर्थिक वर्ष २०७८/०७९ को खर्च भई बाकी रहेको रकम मध्ये चालु तर्फ एक करोड र पुजीगत तर्फ ३ करोड ३० लाख ३४ हजार ७ सय २३ रुपैयाँ गरी चार करोड ३० लाख ३४ हजार ७ सय २३ रुपैयाँ वाडफाड गरी योजना तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

गाउपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा सम्पन्न गाउ सभाको उदघाटन सत्रमा उपाध्यक्ष लक्ष्मी देवी राय, वडाध्यक्षहरु सुरेश प्रसाद चौधरी, जोगेन्द्र साह कलवार, उमेश प्रसाद साह, पनालाल साह, मनेजर चौधरी, गाउ कार्यपालिका सदस्य धनमन्ती मलाहिन, रेणु देवी कलवार लगायतकाले मन्तव्य व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र पुर्वाधारका योजनालाई प्राथमिकतामा राखिएको बताएका छन ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश मिश्राको विशेष उपस्थितीमा भएको गाउसभालाई गाउपालिकाका लेखापाल अजय चौधरीले संचालन गरेका थिए । गाउसभामा स्थानीय सुरक्षाकर्मी, शिक्षक, संचारकर्मी लगायतको विशेष सहभागिता रहेको थियो ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस