ठोरी–पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतङ्क मच्चाउने बाघलाई बुधवार नियन्त्रणमा लिइएको छ ।
बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोली तथा पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको कुसुमवाटिका वन उपभोक्ता समिति ठोरीका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए ।
बाघले पछिल्लो केही दिन देखि ठोरीमा रहेका किसानहरुको बाख्रा÷पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा विगत पाँच दिन देखि घटनास्थलमा र बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टर सहितको टोली परिचालन गरेको थियो ।
बाघलाई डाट गरेर बुधबार पौने १ बजेको समयमा निकुञ्जको टोलीले नियन्त्रणमा लिएको अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए । डाट गरिएको बाघलाई निकुञ्ज भित्रको जंगलमा लगेर छाडिने पर्सा राष्ट्रिय निकुञ्ज अधाभार बाराले जनाएको छ ।