बारा– काठमाडौं तराई–मधेश द्रूतमार्ग सडक फास्ट ट्रयाक आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञ सहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।
आयोजनाका लागि हाइवे डिजाइनर देखि समाजशास्त्री, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियर लगायत पदका लागी कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने जनाईएको छ निवेदन आफ्नो बायोडाटा सहित इमेल वा भौतिक रुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने जनाईएको छ । यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्ने जनाईएको छ ।