टोटनहमसँग एभर्टनको बराबरी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 929
1 मि. पढ्न लाग्ने समय

बारा— माइकल केनले ९० औं मिनेटमा लामो दूरीबाट गरेको गोलमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । खेल सकिंदा दुवै टिम १०–१० खेलाडीमा सीमित रहेका थिए ।

डिफेन्डर केनले २५ यार्डबाट शक्तिशाली प्रहारसहित गोल गरेपछि एभरटनले एक बहुमूल्य अंक बटुल्न सफल रह्यो । त्यस अगाडि ह्यारी केनले पेनाल्टीबाट ६८ औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

यो नतिजापछि टोटनहम ५० अंकमा लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । एभर्टन पनि २७ अंकमा १५ औं स्थानमा उक्लिन सफल भएको छ ।

यो लेख शेयर गर्नुहोस