बारा– मालपोत कार्यालय बारामा सेवाग्रहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेपापढी सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार्यालयका जग्गा रजिष्ट्रेशन फाँटका खरिदार रामविश्वास प्रसाद साह र उनीसँगै लेखापढी व्यवसायी गर्ने गौंरीशंकर कुशवाहा पनि बिचौलियाको काम गरे वापत पक्राउ परेका छन् ।
आईतबार साँझ ५ बजे कार्यालय बन्द भएपछि पहिलादेखि सेवाग्रहीलाई काम गरेको वापत १५ हजार रुपियाँ कार्यालय अगाडी रहेको पसलमा सो रकम दिन बोलाएपछि त्यसैको आधारमा आयोगको हेटौडाबाट आएको टोलीले रकमसहित साह र पटेललाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।
यसरी रकमसहित रंगेहात पक्राउ परेका साह र पटेलसँगको सोधपुछ तथा मुलुच्का उठाएर थप कानूनी कारवाहीको लागि आयोगको केन्द्रिय कार्यालय टंगालमा ल्याउने कार्य भई रहेको उनले जानकारी दिए ।