बारा २ मा एमालेले बाजी मार्छ : उम्मेदवार पौडेल

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 290
2 मि. पढ्न लाग्ने समय

बारा– एमालेबाट बारा २ मा मनोनयन दर्ता गराएका पुर्व मन्त्री पुरुषोतम पौडेलले उप निर्वाचनमा आफु जित्ने दाबी गरेका छन । उम्मेदवारी दर्ता गराएपछि सोमवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी उनले एमालेको जनाधार २ नं. मा बलियो रहेकोले आफु नै जित्ने दाबी गरेका हुन ।

शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार विकासलाई चुनावी एजेण्डा बनाएका पौडेलले यसपाली जनताले एमालेलाई नै रोज्ने विश्वास उनले व्यक्त गरे । २०४६ साल देखी निरन्तर राजनीतिमा सक्रिय रहेको बताउदै नेता पौडेलले अहिले पछि विकासमा २ नं. क्षेत्र पछाडी रहेको बताए ।

‘प्रतिनिधीसभा सदस्यले देशको कानुन र नीति नियम बनाउनमा भुमिका खेल्छ,’ उनले भने, ‘मेरो पनि मान्यता सांसदले विकास गर्ने होईन, योजना ल्याउने मात्र काम गर्नु पर्छ ।’ तर सांसदले नै पुर्वाधार विकासको काम गर्नु पर्ने जनचाहना र अरु उम्मेदवारको एजेण्डा भएकोले आफुले पनि पुर्वाधारको एजेण्डालाई चुनावी प्रचारमा प्राथमिकता दिने जानकारी उनले दिए ।

गढीमाई मन्दिरको पुर्वाधार विकासको योजनालाई आफुले प्राथमिकतामा राखेर अगाडी बढ्ने आश्वासन समेत उनले दिए । उक्त अवसरमा एमालेका पोलिट ब्युरो सदस्य एवम प्रतिनिधी सभा सदस्य अच्युत मैनालीले एमालेले गठबन्धनमा होईन, जनतामा विश्वास गरेको बताए ।

अहिलेको गठबन्धन फिरंगीलाई जिताउन भएकोले त्यसमा विश्वास नगर्न उनले क्षेत्र नं. २ का जनतालाई आग्रह गरे । एमालेकी जिल्ला उपाध्यक्ष टिना सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनलाई एमालेकै नेता अध्यानन्द पाण्डेले संचालन गरेका थिए ।

यो लेख शेयर गर्नुहोस