बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव सहित ३६ जनाद्वारा मनोनयन दर्ता

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
2 मि. पढ्न लाग्ने समय

बारा– स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी ३६ जनाले सोमवार बारामा मनोनयन दर्ता गराएका छन । उम्मेदवारहरुले दलबल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उल्लशपुर्वक सहभागिता जनाउदै मनोनयन दर्ता गराएका हुन ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैशाख १० गते हुने उपनिर्वाचनका लागी बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी घोषणा गर्दै मनोनयन दर्ता गराएका छन ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका यादव बाजागाजा र विशाल जुलुस सहित कलैया स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ता गराउदै जसपा अध्यक्ष यादवले बारा क्षेत्र नम्बर–२ का जनताले आफुलाई बोलाएकाले आफ्नो जित निश्चित रहेको दाबी गरे ।
यादव सप्तरीमा जनमत पार्टीका सिके राउतसँग पराजित भएका थिए ।

साथै योे क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल, माओवादी केन्द्र परित्याग गरी जनमत पार्टीको टिकटमा शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुर्व डीआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अधिवक्ता अरुण ज्ञवाली सहित ३६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मनोनयन पत्र दर्ता गराउन आउने अधिकांश नेताहरुले निर्वाचन आयोगले निर्धारण गरेको आचार संहिता पालना गरेको देखिएन ।

मनोनयन पत्र दर्ता गराउन आउँदा २५ जना भन्दा बढी व्यक्तिको सहभागिता नगराउने गरी निर्माण गरिएको आचार संहिताको खिल्ली उडाउँदै अधिकाँश नेताहरुले हजारौंको संख्यामा विशाल जुलुश सहित जिल्लाको सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस