देशमा दलियतन्त्र हाबी छ : आम जनता पार्टीका अध्यक्ष प्रभु साह

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

बारा– मधेशको नेता चोर भएकै कारण मधेशको हालत बिग्रेको र विकासमा पछाडी परेको आरोप आम जनता पार्टीका अध्यक्ष प्रभु साहले लगाएका छन ।

सम्पुर्ण आम जनता एक होऔं भन्ने मुल नाराका साथ बाराको देवताल गाउपालिका ४ पिप्राढीमा आयोजित साझा उम्मेदवारको लागी अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देश दलियतन्त्रको जालमा फसेको दाबी गरे ।

दलियतन्त्रको जातोमा सोझा साझा आम जनता, किसान, मजदुर, व्यापारी सबै पिल्सीदै आएको उनले जिकिर गरे । अब पुनः किसानले आफ्नो भविष्यको नेता आफै चुन्ने मौका आएकोले यो अवसरलाई सोच विचार गरेर प्रयोग गर्न उनले आग्रह गरे ।

बारा क्षेत्र नं. २ को कायापलट गर्न सक्ने कर्मठ र योग्य उम्मेदवारलाई चयन गर्न आम मतदातालाई उनले सुझाव समेत दिए । जनताको चाहना अनुसारको उम्मेदवार आम जनता पार्टीले दिने आश्वासन समेत उनले दिए ।

२०६३ साल देखी मधेशको नेतृत्व गरीरहेको उपेन्द्र यादवको पार्टीले अहिले सम्म देखाउन लायक कुन योजना निर्माण सम्पन्न गरेको छ भने देखाईदेओस भन्दै उनले च्यालेन्ज समेत गरे ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभाका प्रत्याशी स्वतन्त्र उम्मेदवार अरुण कुमार ज्ञवालीले यपाली जनताले अगाडी बढ्ने सल्लाह दिए आफु उप निर्वाचन लड्न तयार रहेको बताए ।

आम जनताको चाहना अनुसार आफुले काम गर्ने प्रतिवद्धता गर्दै उनले आफ्नो उम्मेदवारीको निर्णय आम मतदाताको हातमा दिएको उनले बताए ।

आम जनता पार्टीको मञ्चबाट मन्तव्य व्यक्त गर्दै ज्ञवालीले यस अघिको निर्वाचनमा मतदाताले आफु माथी विश्वास गरेको उनले जानकारी दिए ।

उमेश कुशवाहाले संचालन गरेको कार्यक्रममा नेताहरु मानन्धर यादव, बाबुराम कौशिक, ईस्लाम हवारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस