बारा– निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ती गरेको छ ।
यही चैत १८ गते देखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई बिहिवार नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले एक प्रेस विज्ञप्ती जारी गरी जनाएका छन ।
मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गते देखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने विज्ञप्तीमा जनाईएको छ । उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम निर्धारण गरिएको उनले विज्ञप्तीमा जनाईएको छ । निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुने जनाईएको छ ।