नव निर्वाचित शिक्षक संघका अध्यक्ष सहनी सम्मानित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

बारा– नेपाल शिक्षक संघ बाराको अध्यक्षमा निर्वाचित नेरानिमावि सितलपुरका प्रधानाध्यापक राजकिशोर सहनीलाई सोमवार सितलपुरमा सम्मानित गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ प्रसाद यादवले समितिको तर्फबाट र शिक्षकको तर्फबाट शिखा कर्णले दोसल्ला ओढाएर नवनिर्वाचित अध्यक्ष सहनीलाई सम्मानित गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सहनीले सामुदायिक विद्यालयको समस्या समाधान गर्ने बताएका छन ।

बालबालिकाको आधुनिक किसिमको शिक्षाका लागि बिद्यालयको भौतिक पुर्वाधारका लागि आफू पहल गर्न पछि नपर्ने उक्त अवसरमा उनले दाबी गरे ।

बिद्यालयमा लामो समयसम्म देखिएको बालबिकास शिक्षकको समस्या, बिद्यालय कर्मचारीको समस्यको पहल गर्ने अध्यक्ष सहनीले बताए ।

सम्मान कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य सोनालाल साह, सकिला खातुन, शिक्षक राकेश यादव, पुनम यादव, उमाशंकर गुप्ता, मनिष यादव, हरिकिशोर मिश्रा, अफताब आलम, सुगान्धी देवी, जिनत जहाँ, रामबिनय साह लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन शिक्षक उमाशंकर गुप्ताले गरेका थिए ।

 

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस