निजामति कर्मचारी दिवसमा बाराको च्युटाहामा वृक्षारोपण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– १८ औं निजामति कर्मचारी दिवसको अवसरमा मंगलवार आदर्श कोतवाल गाउपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । ‘सफा सुन्दर, हराभरा अपन आदर्श कोतवाल गाउपालिका बनाई’ भन्ने मुल नाराका साथ वृक्षारोपण सुरु गरिएको हो ।

आदर्श कोतवाल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार साहको नेतृत्वमा कार्यालयका ३० जना कर्मचारीले वृक्षारोपण गरेका हुन । व्यवसायिक र सृजनशील स्वच्छ शान्त हराभरा अभियानको थालनी स्वरुप कार्यालय परिसरमा आप, कटहर, लिचि लगायत प्रजातिका विरुवा रोपिएको आदर्श कोतवाल गाउपालिका स्वास्थ्य शाखा उप संयोजक रामाकान्त साहले जानकारी दिए ।

गाउपालिकामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन स्वरुप पुस्कृत गर्ने योजना अघि बढाईएको प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार साहले जानकारी दिए । वृक्षारोपण गरेर उत्साह मनाईरहेका निजामति कर्मचारी र स्थानीय तहका कर्मचारी बीचको भेदभाव राज्यले गरेको आरोप पीडित कर्मचारीले लगाएका छन ।

एउटै श्रेणीमा रहेर निजामति कर्मचारी सरह नै कार्यालयको जिम्मेवारीमा रही सेवा प्रदान गर्दै आएपनि राज्यले दुबैबीच सौताको व्यवहार गरेको जिकिर गर्दै पीडित कर्मचारीले असन्तुष्टी समेत जनाएका छन । एउटै पदमा रहेर बराबर काम गर्दा पनि श्रम तथा सेवाको सम्मान हुन नसकेको आदर्श कोतवाल गाउपालिकाका लेखापाल सुबोध कुशवाहाले गुनासो गरे ।

स्थानीय तहका कर्मचारीहरु अहोरात्र अथक मिशनेत र लगनशिलताका साथ आईपर्ने हरेक जोखिम मोली सेवा प्रदान गर्दै आए तापनि उनीहरुलाई निजामति कर्मचारी सरह सेवा सुविधा प्रदान नगरिदा स्थानीय तहका कर्मचारीको मनोबल घटदै गएको शिक्षा शाखा प्रमुख जितेन्द्र यादवले बताए ।

स्थानीय तहका कर्मचारीको मान प्रतिष्ठा तथा सेवा सुविधा निजामति कर्मचारी सरह हुनु पर्ने माग आफुहरुको रहेको यादवले बताए । सेवासुविधाको विषयलाई लिएर कर्मचारीमा देखिएको फाटोलाई कम गर्न मागलाई सम्बोधन गर्न आफुले पहल गर्ने गाउपालिका अध्यक्ष मुस्तुफा अन्सारीले विश्वास दिलाएको उनले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस